भर्खरै

दशैँका लागि अग्रिम टिकट लिनेको चाप, अनलाइनबाट समेत टिकट लिने व्यवस्था

  • प्रकाशित मिति : मंगल, असोज १२, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, असोज । दशैं मनाउन उपत्यका बाहिर घर जाने यात्रुका लागि यात्रा सहज गराउन आइतबारबाट लामो दुरीको गाडीको अग्रिम टिकट बुकिङ खुलेको छ । अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रा.लि.ले व्यवसायीको सहकार्यमा ११ टिकट काउन्टर थप गरेको छ ।
 
यातायात व्यवस्था विभागले गत बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरीमा चल्ने सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो । कतिपय यातायात व्यवसायीहरुले अनलाइनमार्फत् पनि टिकट बुकिङको व्यवस्था मिलाइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । लामो दूरीमा चल्ने बसको टिकट बुकिङ खुलेको छ भने काठमाडौं उपत्यका नजिकका जिल्लाका लागि भने टिकट बुकिङ खुल्न अझै केहि दिन लाग्ने महासंघले जनाएको छ ।
 
राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागिर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर सहज तथा व्यवस्थित बनाउन सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाति र लगनखेललगायतका स्थानमा टिकट बुकिङ शुरु भएसँगै दशैमा घर जान चाहने यात्रु टिकट काट्नका लागि बिहानैबाट पुगेका छन् । अहिले नयाँ बसपार्कमा टिकट लिने यात्रुको चाप देखिन्छ ।
 
सरकारले यस वर्षको दशैँका लागि घर जानेका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै पश्चिमको धनगढी, टिकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको सिराहा, सप्तरी, ताप्लेजुङ, इलाम, झापा, उदयपुर लगायतका ठाउँमा जाने यात्रुको बसपार्कमा लाइन देखिन्छ । कोरोना भाईसर सङ्क्रमण जोखिम अझै रहेकाले अग्रिम टिकट बुकिङका लागि भौतिक दूरी कायम गरिएको छ । बसपार्क क्षेत्रमा चाडपर्वमा हुनसक्ने लुटपाट, चोरी, डकैतीलाई न्यूनीकरण गर्नका सुरक्षाकर्मी खटाएको छ भने यात्रुलाई सुरक्षित तवरले गन्तव्य स्थलसम्म जाने वातावरण निर्माण गर्न माक्स र स्यानिटाइजरको अनिवार्य व्यवस्था मिलाइएको महासंघले जनाएको छ ।
 
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षले राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने जनाएको छ । कोरोना संक्रमणका कारण गत वर्ष ६० प्रतिशतले यात्रुको चाप घटेको थियो । यस वर्ष पनि यात्रुको चाप घट्ने अनुमान गरिएको छ ।
 
काठमाडौं महानगरपालिका–२६ गोङ्गबुस्थित विष्णुमती किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago