भर्खरै

सकारात्मक संकेत

  • प्रकाशित मिति : बुध, असोज १३, २०७८
  • - विद्युत संसार
title
काठमाडौं, १३ असोज । .नेपाल विद्युत प्राधिकरण सामु हाल विद्युत खपत बढाउने मुख्य चुनौतीको रुपमा अगाडि आएको छ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले उत्पादन थाले सँगै विद्युतको माग भन्दा उत्पादन बढी भएकै कारण प्राधिकरण सामु यस्तो चुनौती थपिएको हो । विद्युत खपत बढाउन स्वदेशी उद्योगहरुमा पर्याप्त विद्युत दिन नसक्नु, उपभोक्तामा खपत बढाउन विद्युतीय चुलो लगायत वस्तुहरु प्रयोगमा जोड दिन नसक्नुले विद्युत खपतमा खासै प्रगति भने भएको छैन । यसरी विद्युत खपत बढाउन मुख्य गरेर प्राधिकरण आफ्नो वितरण प्रणाली नै सुधार गर्नु पहिलो आवश्यकता छ । 
 
जस अनुरुप नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा केही समय अगाडि पुनःनियुक्ति पाएका कुलमान घिसिङले सिस्टम अपग्रेड अगाडि बढाउन एग्रेसिभ हँुदै पूराना सिस्टमका कारण विद्युत आपूर्तिमा समस्या हल गर्न २६ सय ट्रान्सफर्मर किन्ने प्रक्रिया छिटो अगाडि बढाएका छन् । जसअन्तर्गत स्वदेशी कम्पनी नेपाल इकरात इन्जिनियरिङ कम्पनी (निक)ले २६ सय ट्रान्सफर्मर आपूर्ति गर्ने ठेक्का पाएको छ । यो ठेक्कामा चिनियाँ, भारतीय र श्रीलंकाको कम्पनीलाई उछिन्दै निकले ठेक्का पाएको हो । निकले विगतमा पनि थोरै संख्यामा प्राधिकरणलाई ट्रान्सफर्मर आपूर्ति गर्दै आएको थियो तर एकै पटक २६ सय ट्रान्सफर्मर आपूर्ति गर्न लागेको भने यो पहिलो पटक हो । प्राधिकरण र निकबीच केही दिनभित्रै सम्झौता हुँदैछ ।
 २९ वर्ष देखि भुटान र बङ्गलादेशमा समेत लामो समयदेखि ट्रान्सफर्मर निर्यात गर्दै आएको लामो अनुभव निकसँग छ । नेपालमा बढी बिक्रि हुने र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत अनुभव बटुलेको कम्पनी नीक ट्रान्सफर्मर हँुदा हुँदै पनि विदेशी ट्रान्सर्फमर नेपालमा आयात भइरहेको थियो । नेपालमा सबैभन्दा बढी ट्रान्सफर्मर खरिद गर्ने नेपाल विद्युत प्राधिकरण हो । नेपालको सार्वजनिक खरिद ऐन कै कारण नेपाली उत्पादन पछि परेको ट्रान्र्फमर कम्पनीहरु स्वयम् बनाउने गरेका थिए । जुन सस्तो छ त्यहि खरिद गर्नुपर्ने हुँदा प्राधिकरणले गुणस्तरलाई बेवस्था गर्दै चिनियाँ ट्रान्सफर्मर बढी आयात गर्ने गर्दा नेपाली उत्पादन पछि मात्र पर्दैन गुणस्तहिन हुँदा प्राविधिक जोखिम देखि आर्थिक नोक्सानी समेत हुने सम्भावना हुन्छ । तर हालै नीकले एकै पटक २६ सय ट्रान्सफर्मर आपूर्ति गर्न पाएकोमा प्राधिकरण सम्मान योग्य र नेपाली उत्पादक कम्पनीहरुका लागि सकारात्मक संकेत हो । 
 
प्राधिकरणले सस्तो खोजेर गुणस्तरहिन ट्रान्सर्फमर आयात गर्नु उपयुक्त हुँदैन् । स्वदेशी उत्पादनलाई बढावा दिदंै गुणस्तरयुक्त, दीर्घकाल सम्म टिकाउ हुने खालका ट्रान्सफर्मरहरु तथा सामग्रीहरु मात्र खरिद गर्न जरुरी छ । गुणस्तरहिन ट्रान्सर्फमर तथा अन्य सामानहरु आयातित हुने मूख्य नाका भन्सार बिन्दुमा नै सरकारले परिक्षण गरेर कम गुणस्तरका सामग्रीहरुको आयातमा प्रतिबन्ध लगाउन आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago