भर्खरै

ट्रान्सफर्मरमा स्वदेशी कम्पनीको फड्कोः प्राधिकरणलाई २६ सय ट्रान्सफर्मर आपूर्ति गर्न नीकले पायो ठेक्का

  • प्रकाशित मिति : बुध, असोज १३, २०७८
  • - प्रदिप श्रेष्ठ
title

काठमाडौं असोज । विदेशमा समेत ट्रान्सफर्मर निर्यात गर्दै आएको स्वदेशी कम्पनी नेपाल इकरात इन्जिनियरिङ कम्पनी (निक)ले लामो समय पछि ठूलो परिमाणमा नेपाल विद्युत प्राधिकरणलाई ट्रान्सफर्मर आपूर्ति गर्ने ठेक्का पाएको छ ।
 
प्राधिकरणको ट्रान्सफर्मर बजारमा विदेशी कम्पनीको बर्चस्व रहँदै आएपनि यो पटक भने प्राधिकरणलाई २९ वर्ष लामो अनुभव भएको स्वदेशी कम्पनीकै साथ मिलेको छ । प्राधिकरणले सिस्टम अपग्रेड अगाडि बढाउन ठेक्का आव्हानमा स्वदेशी कम्पनी नीकले २६ सय ट्रान्सफर्मर आपूर्ति गर्ने ठेक्का पाएको हो ।
 
पूराना सिस्टमका कारण विद्युत आपूर्तिमा समस्या आएपछि प्राधिकरणले अपग्रेडेसनको काम अगाडि बढाउन लागेको छ । टेण्डर प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यकै पालामा भएपनि कुलमान घिसिङ आएपछि यसलाई छिटो अगाडि बढाएका हुन् । 
 नेपाल इकरात इन्जिनियरिङ कम्पनी (निक)का प्राविधिक म्यानेजर अभिषेक श्रेष्ठले २६ सय ट्रान्सफर्मर आपूर्ति गर्ने ठेक्का पाएको र प्राधिकरणले ठेक्का सम्झौता गर्न पत्र पठाइसकेकाले अर्को हप्तासम्ममा ठेक्का सम्झौता गर्ने बताए ।
 
विद्युत संसारसँगको कुराकानीमा प्राविधिक म्यानेजर श्रेष्ठले केही दिनमा नै नीक र प्राधिकरण बीच ठेक्का सम्झौता हुँदैछ । उनले भने ‘ सम्झौता पश्चात् ट्रान्सफर्मर टाईप टेस्टका लागि भारत लगिने छ यो बाहेक ९ महिना भित्रमा हामीले सम्झौतामा भएको परिणाम प्राधिकरणलाई आपूर्ति गरिसक्नुपर्ने छ ।’
निकले ग्रामीण क्षेत्रमा विद्युत वितरण गर्ने सामुदायिक संस्था, खानेपानी, अस्पताल, ठूला व्यापारिक मललगायत क्षेत्रमा वार्षिक दुई हजार ट्रान्सफर्मर खपत गर्दै आएको छ । निकसँग साना ठूला क्षमताका गरी ६ हजार थान सम्म ट्रान्सफर्मर उत्पादन गर्न सक्ने क्षमता छ । नीकले आफ्नो व्यापार भुटान र बंगलादेशमा लक्षित गर्ने गरेको र हाल कोभिडका कारण अन्तर्राष्ट्रिय व्यापारमा समेत निकै सुस्तता आएको श्रेष्ठले बताए ।
 
ठेक्कामा चिनियाँ, भारतीय र श्रीलंकाको कम्पनीलाई उछिन्दै निकले ठेक्का पाएको हो । निकले विगतमा पनि थोरै संख्यामा प्राधिकरणलाई ट्रान्सफर्मर आपूर्ति गर्दै आए पनि एकै पटक २६ सय ट्रान्सफर्मर आपूर्ति गर्न लागेको भने यो पहिलो पटक हो । प्राधिकरणलाई उक्त संख्यामा ट्रान्सफर्मर आपूर्ति गर्न निकले अहिले देखिनै तयारी थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 12 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 17 hours ago