भर्खरै

सरकारले हाम्रो कुरा सुनेन अब सिंहदरबार घेर्छौः संयोजक ढकाल

  • प्रकाशित मिति : बुध, असोज १३, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं असोज । राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितहरुको काठमाडौ केन्द्रित पहिलो चरणको एक हप्ते धर्ना कार्यक्रम गत आइतबार सम्पन्न भएको छ । 
 
गोरखा र धादिङका प्रभावित वासिन्दाले धर्ना कार्यक्रमको अन्तिम दिन आइतबार आयोजना डुवान क्षेत्रमा विकास निर्माणको काम ठप्प भएको र आफूहरु सुकुम्बासी हुने स्थिति आएको भन्दै प्रभावित क्षेत्रका वासिन्दाले आयोजना छिटो शुरु गर्न माग गरेका छन् । धर्ना कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायत गोरखा र धादिङका विभिन्न राजनैतिक दलका नेताहरुले धर्ना स्थलमा नै गएर ऐक्यवद्धता जनाएपनि सरकारी पक्ष गम्भिर नभएको प्रति आयोजना प्रभावित रुष्ट बनेको बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले बताए । 
 
हाम्रा मागहरुको सम्बोधन गर्न आग्रह गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्दा समेत अर्थ मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले व्यवस्था गरेको भन्दै संयोजक ढकालले भने ‘हाम्रो माग सरकारले व्यवस्था ग¥यो, दशै अगाडी सम्म हाम्रा मागहरुलाई वार्ता र छलफलद्धारा समाधानको बाटो खोजिएन भने दशै लगतै हजारौ संख्यामा प्रभावित वासिन्दाले सिंहदरबार घेर्न बाध्य हुनेछौ ।’ ‘आयोजना विथोल्ने को–को हुन यी सबै नेपाली जनताले थाहा पाउनु पर्दछ ।’ विद्युत संसारसँगको कुराकानीमा संयोजक ढकालले भने ‘एक हप्ता धर्ना बस्दा समेत सरकारले आफूहरुको माग सुनुवाइ गरेन अझै वेवस्था गर्ने हो भने अब दशै लगतै सिंहदरबार र बालुवाटार घेराउ गर्ने चेतावनी दिन चाहान्छौ ।’ आयोजनामा असोज ४ गतेदेखि माइतीघरमा धर्नामा बसेका प्रभावित क्षेत्रका वासिन्दाले आइतबार नाराबाजी गर्दै बानेश्वरसम्म पुगेका थिए । बुढीगण्डकी आयोजना छिटो बनाऊ, बुढीगण्डकी आयोजनामा राजनीति बन्द गर, हामीलाई सुकुम्बासी बनाउन पाइँदैन लगायतका नारा लगाएका थिए । 
 
बुढीगण्डकी प्रभावितले बुढीगण्डकी आयोजना निर्माणको मोडालिटी छिटो टुंग्याउनुपर्ने, घर, गोठ, बोटविरुवाको मुआब्जा दिनुपर्ने, दर्ता छुट भएका जग्गाको भोगचलन को आधारमा मुआब्जा दिनुपर्ने, सुकुम्बासी र ऐलानी जग्गामा बसोबास 
गरेकाहरुलाई मापदण्ड बनाएर मुआब्जा दिनुपर्ने लगायतका माग राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago