भर्खरै

सिटिजन्स बैंकको अगुवाईमा माथिल्लो आँखु खोलामा साढे पाँच अर्ब लगानी जुट्यो

  • प्रकाशित मिति : बुध, असोज १३, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, असोज । धादिङमा रहेको ३८ मेगावाट क्षमताका माथिल्लो आँखु खोला जलविद्युत आयोजनामा सिटिजन्स बैंकको अगुवाईमा साढे पाँच अर्ब लगानी गर्ने गरी फाइनान्सियल क्लोजर भएको छ ।
 
आयोजनामा सिटिजन्स बैंकको अगुवाईमा नेपाल एसबिआई बैंक, नेपाल बंगलादेश बैंक, मेगा बैंक र सिभिल बैंकले ५ अर्ब ५० करोड लगानी गर्ने भएका छन् । अध्यक्ष अजेयराज सुमार्गी रहेको प्रवर्द्धक कम्पनी धादिङ आँखुखोला हाइड्रो प्रालि र बैंकबीच मंगलबार वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ । 
 
आयोजनाबाट हिउँदमा ६६.७० गिगावाट घण्टा र बर्खामा १५२.४३८ गिगावाट गरी वार्षिक २१९.१३८ गिगावाट घण्टा खुद बिजुली उत्पादन हनेछ ।
यस आयोजनाको लागत ७ अर्ब ३३ करोड रुपैयाँ अनुमान गरिएको छ । यो आयोजना चार वर्षभित्र सक्ने लक्ष्य लिइएको छ । निर्माणपछि उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको नुवाकोटमा रहेको त्रिशुली ३ बी हब सबस्टेशनमा जोडिनेछ ।

प्रतिक्रिया