भर्खरै

कुलमानको भनाई डिमाण्ड शुल्क बढेपनि महशुल बढ्दैन

  • प्रकाशित मिति : शुक्र, असोज १५, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, असोज । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको समयमा खेर जाने बिजुलीको अधिकतम उपभोग गर्न उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् ।
रातमा खेर जाने बिजुली बढी मात्रामा उपभोग गर्दा बिजुलीको महशुल समेत कम हुने बताए । निर्देशक घिसिङका अनुसार कम बिजुली प्रयोग भएको अवस्थामा मात्रै डिमाण्ड शुल्क बढी पर्ने भएकाले बढी भन्दा बढी बिजुली खपत होओस् भन्ने ध्येयले डिमाण्ड शुल्कमा प्रतिकेभीए १०० रुपैयाँ वृद्धि भएको उनको भनाई छ ।  उक्त बिजुली प्रयोगमा उद्योगी व्यवसायीलाई थप महशुल नपर्ने दाबी गरेका छन् । बढी भन्दा बढी खपत होस् भन्नेमा मात्रै प्राधिकरणको ध्यान पुगेको उनले बताए । 
अब १३२ केभी क्षमताका प्रसारण लाइनमार्फत् पनि बिजुली उपलब्ध गराउन सकिने बताउँदै प्राधिकरणले २२० केभी र ४०० केभी क्षमताको प्रसारण लाइनसमेत निर्माण गरिरहेको सन्दर्भमा अब १३२ केभी क्षमताका प्रसारण लाइनसमेत उपयोग हुन सक्ने प्राधिकरणको भनाइ छ ।
 
उनले १३२ केभी क्षमताको प्रसारण लाइन नजिक उद्योग स्थापना गर्न चाहने उद्योगीलाई तत्काल नै कनेक्सन गरिदिने जानकारी दिए । उनले विरगन्ज, भैरहवा र नवलपरासीमा त्यस्ता प्रसारण लाइनबाट बिजुली उपलब्ध गराउन सकिने बताए । उनले बिजुलीको खपत बढाउने नै आफूहरुको ध्येय रहेको भन्दै कन्डक्टर फेर्नेदेखि अन्य प्राविधिक सुधारको काम समेत भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago