भर्खरै

विद्युतबाट खाना बनाउने चुलोको व्यवस्था गरिनेः मन्त्री भुसाल

  • प्रकाशित मिति : आइत, असोज २४, २०७८
  • - रासस
title
काठमाडौँ, २४ असोज । ऊर्जा, सिँञ्चाइ तथा जलस्रोतमन्त्री पम्फा भुसालले विद्युतबाट चल्ने चुलोेको व्यवस्था गर्ने गरी तयारी सुरु गरिएको बताएका छन् ।
 
गोदावरी नगरपालिका–१२ ठेचोमा वेथेगल टोल विकास समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै उनले ग्यासको सट्टा विद्युतलाई उपयोग गरी खाना बनाउने व्यवस्था मिलाउन सरकारले काम गरिरहेको बताए ।
 
 विद्युत् महसुल घटाइ सडक बत्तीको व्यवस्था गरिने उनको भनाइ थियो । सांसद राजकाजी महर्जनले ढल, बाटोको विकासमा सांसद विकास कोषबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । स्थानीय सरकार र अन्य स्रोतबाट समेत सहयोग जुटाएर विकास निर्माणका काम गरिने उनको भनाइ थियो ।
 
नगर प्रमुख गजेन्द्र महर्जनले वेथेगल टोल क्षेत्रमा सडक र ढल व्यवस्थापनका लागि रु आठ लाख बजेट छुट्याइएको जानकारी दिए । नगरपालिका क्षेत्रको समुचित विकास निर्माणमा लागिपरेको उनले बताए । 
  
वडाध्यक्ष जगतबहादुर महर्जन, समितिका अध्यक्ष निर्मला क्षत्रीलगायतले स्थानीयस्तरको विकास निर्माणमा तीनै तहका सरकारले समन्वयात्मक रुपमा काम गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago