भर्खरै

करेन्ट लागेर एकैघरका चार जना गम्भीर घाइते

  • प्रकाशित मिति : बिही, कार्तिक ४, २०७८
  • - विद्युत संसार
title

राजविराज, ४ कात्तिक ।  राजविराज नगरपालिका–६ करेन्ट लागेर एकै परिवारका चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार  आफ्नै  घरका छतमा झुण्डिएको होडिङ बोर्ड हटाउने क्रममा करेन्ट लाग्दा ४० वर्षीय शिवनारायण साह सहित उनका ३५ वर्षीया पत्नी सन्तोषी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र १८ वर्षीय भतिजो रक्षित साह घाइते भएका हुन् । 
 
प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले घाइतेको गजेन्द्रनारायणसिंह अस्पतालमा उपचार भइरहेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । रासस

प्रतिक्रिया