भर्खरै

छ दिनदेखि अवरुद्ध फोन र विद्युत सेवा सञ्चालन

  • प्रकाशित मिति : शुक्र, कार्तिक ५, २०७८
  • - रासस
title
डोटी, कात्तिक । बेमौसमी अविरल वर्षासँगैको बाढी–पहिराका कारण विगत पाँच÷छ दिनदेखि अवरुद्ध भएको यहाँको विद्युत् तथा सञ्चार सेवा सञ्चालन भएको छ । वर्षाका कारण रुख ढलेर कैलालीको भासुभिर नजिक ३३÷११ सय केभिए विद्युत प्रसारणको पोलमा क्षति भएका कारण अवरुद्ध बनेको विद्युत सेवा गए रातिबाट सञ्चालन गरिएसँगै अहिले जिल्लामा फोन तथा इन्टरनेट सेवा पनि सञ्चालन भएको साना जलविद्युत केन्द्र दिपायलले जनाएको छ । अवरुद्ध विद्युत र फोन सेवा सञ्चालन भएसँगै यहाँका नागरिकलाई आफ्ना समस्याका बारेमा जानकारी लिन र दिन निकै सहज भएको छ ।
 
यहाँका प्रमुख बजार, दिपायल, पिपल्ला, सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम राजपुरमा फोन तथा विद्युत सेवा सञ्चालन भए पनि ग्रामीण क्षेत्रमा विस्तार गरिएका विद्युत पोल पहिराले बगाएका कारण सञ्चालन हुन नसकेको जलविद्युत केन्द्रका प्रमुख कुम्भराज जोशीले बताए । अवरुद्ध भएको फोन तथा विद्युत सेवा सञ्चालन भएका कारण यहाँका नागरिकले यो विपद्का समयमा केही राहत महसुस गरेको दिपायल राजपुरका टेकबहादुर शाहले बताए ।
 
प्रमुख सहरबजारमा विद्युत र फोन सेवा सञ्चालन भए पनि यहाँका ग्रामीण क्षेत्रमा सञ्चालन नभएका तथा सडक सञ्जालसमेत अवरुद्ध हुँदा गाउँमा बाढी–पहिराले के–कति क्षति पु¥याएको छ भन्ने विषयमा जानकारी लिन निकै समस्या भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए । डोटीसँगै छिमेकी जिल्ला डडेल्धुरामा फोन र विद्युत सेवा सञ्चालन भए पनि जिल्ला अछाम तथा बाजुरामा भने सञ्चालन हुनसकेको छैन ।  
 
जिल्लाको जोरायल गाउँपालिका–६ गुनडमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा रहेका ब्याट्री चार्च हुन नसक्दा गाउँघरमा फोन तथा फोरजी इन्टरनेट सेवा सञ्चालन हुननसकेको जोरायल गाउँपालिका–६ निरौलीका सुरेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो ।
 
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बेमौसमी वर्षासँगै बाढीपहिराका कारण यहाँ हालसम्म १६ जनाको ज्यान गइसकेको छ । यसैगरी बाढीपहिराका कारण १२ जना घाइते, ३५ चौपायाको मृत्यु, २५ घाइते र २० बेपत्ता छन् । विस्थापित घरधुरी संख्या ११०, विस्थापित नागरिक ५०० तथा दुईवटा झोलुङ्गे पुलमा क्षति भएको छ । जिल्लामा बाढी–पहिराका कारण भएको थप धनजन क्षतिका बारेमा खबर सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । क्षतिको विवरण सङ्कलन तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली खटिएको छ । वर्षाका कारण किसानले काटेका धान बाढी र पहिराले बगाएको छ भने केही क्षेत्रका खेतमा पानीले पूरै धान डुबाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago