भर्खरै

नेकपा एमाले गण्डकी गाउँपालिकाको ६ वटा वडामा प्रथम वडा अधिवेशन सम्पन्न

  • प्रकाशित मिति : आइत, कार्तिक ७, २०७८
  • - भीमलाल श्रेष्ठ
title
गोरखा ७, कार्तिक । नेकपा एमाले गण्डकी गाउँपालिका ८ वडा मध्ये हिजो शनिवार सम्पन्न ६ वटा वडाको वडा अधिवेशन सम्पन्न भएको छ । पार्टीको प्रथम वडा अधिवेशनमा पालिकाका ६ वटा वडाले सर्वसम्मत रुपमा वडा कमिटि गठन गरेको हो ।
 
नेकपा एमालेको सम्पन्न वडा अधिवेशनले गण्डकी गाउँपालिकामा १ नं वडा कमिटि अध्यक्षमा राम बहादुर आले, २ नं वडा कमिटि अध्यक्षमा गुञ्जमान श्रेष्ठ, ३ नं वडा कमिटि अध्यक्षमा शोभा पन्त, ४ नं वडा कमिटि अध्यक्षमा राजु भण्डारी, ७ नं वडा कमिटि अध्यक्षमा कृष्ण प्रसाद रेग्मी, ८ नं वडा कमिटि अध्यक्षमा लाल बहादुर विसुराल सर्वसम्मतले निर्वाचित भएका छन भने ५ नं वडा र ६ नं वडाको वडा अधिवेशन आज र भोलि गर्ने तय भएको नेकपा एमाले गोरखा जिल्ला सदस्य लेविन्द्र गुरुङ ले विद्युत संसारलाई बताए । सबै वडामा नेकपा एमालेमा प्रवेश गर्नेहरुको जनलहरले पार्टीलाई थप जिम्मेवारी थपिएको समेत हामीसंगको कुराकानीमा बताए ।
 
  गण्डकी गाउँपालिका वडा नं.८ को अध्यक्षमा लाल बहादुर विसुराललाई  सर्वसम्मत चयन गर्दै अधिवेशनले वडा कमिटीको उपाध्यक्षमा लव बहादुर भुजेल, सचिवमा भुपेन्द्र रेग्मी, सहसचिवमा  कविता विसुराल र झंक कार्कीसहित १७ सदस्यीय कमिटी गठन गरेको छ भने बाँकी रहेका सदस्य पदका लागि आवश्यकता, समावेशी र भूगोलको आधारमा तय गरिने नवनिर्वाचि अध्यक्ष बिसुरालले बताए  ।
 
शनिवार सम्पन्न अधिवेशनले  वडा नं. ७ को वडाकमिटि अध्यक्षमा कृष्णप्रसाद रेग्मी सर्वसम्मत चयन भएका छन् भने उपाध्यक्षमा इन्द्र बहादुर वि.क., सचिवमा शित्तलबाबु रेग्मी, उपसचिवमा सरिता गुरुङ घले लगायत १७ सदस्यीय वडा कमिटि गठन भएको छ।
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिवार मुलुकभर वडास्तरका अधिवेशन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago