भर्खरै

नेविप्रा कर्मचारी संघको १२औं महाधिवेशन सम्पन्न, नेतृत्वमा पुनः जनार्दन भट्टराईको निरन्तरता

  • प्रकाशित मिति : आइत, कार्तिक ७, २०७८
  • - विद्युत संसार साप्ताहिक
title

काठमाडौं ७ कात्तिक । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको अध्यक्षमा जनार्दन भट्टराई पुनः निर्वाचित भएका छन् । 
शुक्रबार र शनिबार भएको संघको १२औं महाधिवेशन लामो समयदेखि संघको नेतृत्व गर्दै आएका भट्टराई चुनावी प्रतिस्पर्धाबाट पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
 अध्यक्ष पदका लागि प्रतिस्पर्धि प्रमिला ढुंगानाको पक्षमा ८०, इन्द्रप्रसाद न्यौपानेको पक्षमा ४५ र उमेशकुमार साहको पक्षमा ३३ मत खसेको थियो भने भट्टराईले सबैभन्दा बढी २२४ मत ल्याई विजयी भएको संघले जनाएको छ । 
 
 सह–अध्यक्षमा टंकप्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्ष (खुला) तर्फ खिमेन्द्र बुढाथोकी, पुष्पराज भट्टराई र राजेन्द्र थापा विजय भएका छन् । संघका अनुसार महिलातर्फ वरिष्ठ उपाध्यक्षमा सुजना काफ्ले, मधेसीतर्फ नरेशकुमार चोरवार तथा आदिवासी जनजाती कोटामा भीमप्रसाद गनगाई महाधिवेशनबाट निर्वाचित भएका छन् ।
उपाध्यक्ष पदमा नवराज कडरियार सबिन कार्की, महासचिवमा धिमन्तराज न्यौपाने निर्वाचित भएका छन् । यस्तै उपमहासचिव पदमा श्रीराम सापकोटा, कोषाध्यक्ष पदमा लक्ष्मी पराजुली निर्वाचित भएको संघले जानकारी दिएको छ ।

प्रतिक्रिया