भर्खरै

माथिल्लो तामाकोशीको निर्माण सक्काएर प्राधिकरणबाट बिदा भए विज्ञान श्रेष्ठ

  • प्रकाशित मिति : सोम, कार्तिक ८, २०७८
  • - विद्युत संसार साप्ताहिक
title
काठमाडौं, कात्तिक । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रमुख तथा विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक विज्ञान श्रेष्ठ विद्युत प्राधिकरणबाट आइतबार अवकाश पाएका छन् ।
 
हालसम्म सञ्चालनमा आएको आयोजनाहरु मध्ये देशकै ठूलो  राष्ट्रिय गौरवको आयोजनाको निर्माण सफलतापूर्वक सम्पन्न गरेका श्रेष्ठ उमेर हदका कारण प्राधिकरणको उप–कार्यकारी निर्देशक (१२ औ तह) बाट अनिवर्य अवकाश पाएका हुन् ।
 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले श्रेष्ठलाई बिदाई गरेका हुन् । दोलखाको लामाबगरमा निर्माण सम्पन्न ४५६ मेगावाटको माथिल्लो तामाकोशीको लामो समय नेतृत्व गरेका श्रेष्ठलाई प्राधिकरणले औपचारिक कार्यक्रम गरी बिदाई गरेको छ । माथिल्लो तामाकोशी आयोजना डेढ महिना अघि मात्रै पूर्णरूपमा सञ्चालनमा ल्याई विद्युत उत्पादन सुरु गरेको छ ।
श्रेष्ठले ३३ वर्ष विद्युत प्राधिकरणमा बिताए । उनले माथिल्लो तामाकोशीको अलावा देशकै पहिलो जलाशययुक्त आयोजना कुलेखानीमा पनि काम गरेका थिए ।
 
श्रेष्ठले कुलेखानी, कालिगण्डकी लगायतका आयोजनामा काम गरेका थिए । सरकारले तत्कालिन समयमा श्रेष्ठसहितका दर्जनभन्दा बढी विद्यार्थीलाई कर्णाली–चिसापानी आयोजना निर्माण गर्ने उद्देश्यले अध्ययनका लागि भारत पठाएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago