भर्खरै

मध्य भोटेकोशीको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस आइपीओको नतिजा

  • प्रकाशित मिति : शुक्र, कार्तिक १२, २०७८
  • - विद्युत संसार साप्ताहिक
title

काठमाडौं, कात्तिक । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथमिक सार्वजनिक निष्कासन  (आइपिओ)को बाँडफाँट आज भएको छ । 
कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज शुक्रबार आइपिओ बाँडफाँट गरिएको हो । 
कम्पनीले रु.१०० रुपैयाको अंकित दरमा गत असोज २० गतेदेखि २५ गतेसम्म कूल रु ९० करोड बराबरको ९० लाख कित्ता शेयर निष्कासन गरेको थियो । 
कम्पनीले निष्कासन  गरेको आइपिओमा कूल २३ लाख ९० हजार २१८जनाको आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । 
कुल आवेदन परेको मध्येबाट विविध कारणले ९५ हजार ७२२ को आवेदन रद्द भएको छ भने बाँकी २२ लाख ९४ हजार ४९६ योग्य आवेदकमध्ये आठ लाख १९ हजारलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएकोे छ ।
कम्पनीले खुल्ला गरेको कूल ९० लाख कित्ता शेयरमध्ये चार प्रतिशतअर्थात् तीन लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई, पाँच प्रतिशतअर्थात् चार लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई र बाँकी रु ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँट गरिएको हो । 
 कम्पनीले यसअघि पनि दोस्रो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।
 
कम्पनीले पहिलो चरणमा कर्मचारी संचयकोषमा रकम संचित गर्ने संचयकर्ताका लागि १९.५ प्रतिशत अर्थात १ करोड १७ लाख कित्ता, संस्थापक कम्पनीका कर्मचारीका लागि ३.५ प्रतिशत अर्थात २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि १ प्रतिशत अर्थात ६ लाख कित्ता गरी कुल १ करोड ४४ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।
यो आईपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक तथा सहनिष्कासनकर्ताको वेबसाइटहरु, आईपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको https://iporesult.cdsc.com.np/  मा गएर हेर्न सकिन्छ । आईपीओको अन्तिम नतिजा केही घन्टापछि सार्वजनिक गरिने क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 22 hours ago