भर्खरै

ठेकेदारले काम नगरेपछि प्राधिकरणले दियो ठेक्का तोड्ने चेतावनी

  • प्रकाशित मिति : सोम, कार्तिक १५, २०७८
  • - रासस
title
काठमाडौँ, १५ कात्तिक/  मुलुकको ऊर्जा क्षेत्रमा तोकिएको समयमा काम नहुनुको पछाडि निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनको भूमिका उत्तिकै जिम्मेवार रहेको पाइने गरेको छ । वन क्षेत्रको जग्गा प्रयोग, सरकारी तथा निजी क्षेत्रको जग्गामा देखिने झमेला पनि त्यस्तै रहेको छ ।
 
नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माण गरिरहेको २२० केभी सवस्टेशन निर्माणमा पनि  निर्माण व्यवसायीको भूमिका कमजोर देखिएको छ । पटक-पटक म्याद थप गर्दासमेत काम नभएपछि प्राधिकरणले आपत्ति जनाएको छ । उसले अब पनि तोकिएको समयमा काम नभए कारबाहीमा जानुपर्ने चेतावनी दिएको छ ।
 
सवस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी ग्वाङसी ट्रान्समिसन एण्ड सवस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएपछि प्राधिकरणले कार्यसम्पादन सुधार्न चार महिनाको अल्टिमेटम दिएको छ । खिम्ती, तामाकोसी र भोटेकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको बिजुली काठमाडौँ उपत्यकामा ल्याउन तामाकोसी-काठमाडौँ उच्च क्षमताको प्रसारण लाइन र सवस्टेसन निर्माण सुरु गरिएको हो । 
 
प्राधिकरणले सो आयोजनाअन्तर्गत रामेछापको न्यू खिम्ती, बाह्रबिसे र काठमाडौँको लप्सीफेदीमा ४०० केभी क्षमताको सवस्टेशन निर्माण गरिरहेको छ । एसियाली विकास बैंकको सहुलितपूणर् ऋणमा प्रसारण लाइन तथा सवस्टेशनको निर्माण भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक हरराज न्यौपानेलगायतको टोलीले बाह्रबिसे सवस्टेशन निर्माणस्थलको निरीक्षण गरी आगामी चार महिनाभित्र काममा सुधार नभए ठेक्का तोड्ने चेतावनी दिएको छ ।
 
“करिब दुई वर्षअघिको भन्दा निर्माणस्थलमा गर्नुपर्ने कामको प्रगति खासै देखिएको छैन, यस्तै अवस्था रहने हो भने ठेक्का तोड्नुको विकल्प छैन, अब चार महिना हेर्छौं त्यसपछि पनि सुधार भएन भने ठेक्का सम्झौताअनुसार कारबाहीको प्रक्रिया अगाडि बढ्छ”, निर्माण कम्पनीका प्रतिनिधिलाई कार्यकारी निर्देशक घिसिङले भने ।
 
ठेकेदार कम्पनीका प्रतिनिधिले भने बर्खाको समयमा काम गर्न नसकिएको र अहिले क्रमिक सुधार भएकाले अब कामको प्रगति हेर्न अनुरोध गरेका थिए । ठेकेदार कम्पनीको व्यवस्थापन परिवर्तन भई नयाँ टोली आएकाले अहिले काममा केही प्रगति देखिएको छ ।
 
कम्पनीले सवस्टेसनमा रहने पावर ट्रान्सफर्मरलगायत उपकरण ल्याइसकेको छ भने ट्रान्सफर्मर रहने स्थान, कार्यालय तथा नियन्त्रण कक्ष भवन निर्माणाधीन छन् । सवस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभीका पावर ट्रान्सफर्मर रहने छन् ।
 
बाह्रबिसे बजारबाट सवस्टेसनसम्म जाने करिब साढे चार किलोमिटर सडक जीणर् रहेकाले निर्माणस्थलमा उपकरण तथा निर्माण सामग्री ढुवानीका लागि समस्या रहेको छ । बागमती प्रदेश सरकारको लगानीमा बन्न लागेको सडकको निर्माण अलपत्र छ । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् बाह्रबिसे सवस्टेसनमा जोडिने छ ।
 
यसैगरी रामेछापको खिम्तीमा रहेको न्यू खिम्ती सवस्टेसनबाट बाह्रबिसे हुँदै काठमाडौँको लप्सीफेदीसम्मको ४०० केभीको डबल सर्किट तामाकोसी-काठमाडौँ प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइनअन्तर्गत न्यू खिम्ती-बाह्रबिसे खण्डमा पर्ने ११५ टावरमध्ये ३५ टावरको मात्रै जग हालिएको छ भने छवटा उठाइएको छ । कूल ४४ किलोमिटर यस खण्डको निर्माण आगामी साउनभित्र सक्ने लक्ष्य छ ।
 
सो लाइन बनाउने जिम्मा पनि बाह्रबिसे सवस्टेशनको ठेकेदारले नै पाएको थियो तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो । त्यसपछि प्राधिकरणले गरेको नयाँ बोलपत्रमा भारतीय कम्पनी केइसी इन्टरनेशनल छनोट भएको थियो ।  
बाह्रबिसे-लप्सीफेदी खण्डमा पर्ने १२२ टावरमध्ये हाल ९८ वटाको जग हालिएको छ भने ७८ वटा खडा गरिएको छ । वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोधलगायत कारणले निर्माण प्रभावित भएको छ । भारतीय कम्पनी लार्सन एण्ड टर्वो (एलएण्डटी)ले ठेक्का पाएको यस खण्डको निर्माण आगामी साउनभित्र सक्ने लक्ष्य राखिएको छ । लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन निर्माणाधीन छ । यस खण्डको निर्माण ठेक्का पनि एलएण्डटीले नै पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago