भर्खरै

सामलिङ्ग पावर कम्पनीको शेयर बाँडफाँड, ६७ हजार ८९० जनाले पाए १० कित्ता

  • प्रकाशित मिति : मंगल, कार्तिक १६, २०७८
  • - विद्युत संसार साप्ताहिक
title

काठमाडौं, कात्तिक । सामलिङ्ग पावर कम्पनीको शेयर आज बाँडफाँड भएको छ । 
कम्पनीले यहि कात्तिक २१ गतेदेखि २५ गते सम्म रु. १०० अंकित मूल्यमा सर्वसाधारणलाई खुला गरेको शेयर बाँडफाँड भएको हो ।  
कम्पनीले इलाममा सञ्चालित ९.५२ मेगावाटको माईबेनी जलविद्युत आयोजनाको शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
कम्पनीले सय रुपैयाँमा अंकित ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता शेयर निष्कासन गरेको  थियो । जसमा प्रतिशत अर्थात १४ लाख ६० हजार रुपैयाँ बराबरको १४ हजार ६ सय कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको थियो ।
 
यस्तै, ५ प्रतिशत अर्थात ३६ लाख ५० हजार रुपैयाँ बराबरको ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो । र, बाँकी ७  लाख ७८ हजार ९  सय कित्ताका लागि सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।
 
कम्पनीको शेयर किन्न कुल २१ लाख ९८ हजार ७६४ जनाले आवेदन परेको थियो । आवेदन परेको मध्ये गोलाप्रथाबाट ६७ हजार ८ सय ९० जनाले मात्र १० कित्ता शेयर पाएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ । 
 
कम्पनीले  पहिलो चरणमा आयोजना प्रभावित स्थानीयहरुको लागि ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

प्रतिक्रिया