भर्खरै

गरिबी र जलवायु परिवर्तन विरुद्ध लड्न ऊर्जाको पहुँच आवश्यक : ऊर्जामन्त्री पम्फा भुसाल

  • प्रकाशित मिति : मंगल, कार्तिक १६, २०७८
  • - विद्युत संसार साप्ताहिक
title

काठमाडौं १५ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले गरिबी र जलवायु परिवर्तन विरुद्ध लड्न ऊर्जाको पहँुच आवश्यक रहेको बताएका छन् । मंगलबार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रजत महोत्सवमा आफ्नो भनाई राख्दै मन्त्री भुसालले नवीकरणीय ऊर्जा प्रविधिहरुको प्रवद्र्धन मार्फत ऊर्जाको पहुँच विस्तार गर्दै जलवायु परिवर्तन विरुद्ध लड्न उल्लेख्य भुमिका खेलेको बताए । 
उनले नेपालीको भान्साबाट एलपी ग्यास विस्थापन गर्ने लक्ष्य आफुँले लिएको बताउँदै यसले व्यापारघाटा कम गर्न सहयोग पुग्ने धारण राखे । 
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीले केन्द्रले ऊर्जाका पहँुच नभएका दुर्गम बस्तीहरुमा ऊर्जा पुर्‍्याएर सराहनिय काम गरेको बताए । उनले नवीकरणीय ऊर्जा प्रविधिहरुको प्रवद्र्धनको लागि मन्त्रालयले नीजि क्षेत्रसँगको सम्बन्ध सुमधुर बनाउँदै सँगसँगै लिएर हिड्ने बताए । 
कार्यक्रममा नेपालका लागि बेलायती राजदुत निकोला पोलिटले वेलायत सरकारले विगतदेखि नै नवीकरणीय ऊर्जा प्रवद्र्धनमा सहयोग गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने बताए । 
नेपालको नवीकरणीय ऊर्जा प्रवद्र्धनको केन्द्रीय निकायको रुपमा कार्यरत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आफ्नो २५आंै वार्षिकोत्सव मनाएको अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले २५ वर्षका मुख्य उपलव्धी चर्चा गर्दै नेपालमा नवीकरणीय ऊर्जाको प्रवद्र्धन र विस्तार गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।  
कार्यक्रममा यस वर्षको मञ्चुका स्मृति अक्षय कोषद्वारा केन्द्रको समन्वयमा स्थापित ‘सुप्रविधि स्मृति नवीकरणीय ऊर्जा पुरस्कार‘ तीन वटा संस्थाहरुलाई प्रदान गरिएको छ ।  
पुरस्कार पाउनेहरुमा विरगञ्ज महानगरपालिका वडा नं. ११ विरगञ्जको हस्क पावर नेपाल प्रा.लि., काठमाडौं महानगरपालिका वडा नं. ३ महाराजगञ्जको घाम पावर नेपाल प्रा।लि।र काठमाडौं महानगरपालिका वडा नं. १३ ताहाचलको पृसु इलेक्ट्रोनिक्स प्रा.लि. रहेका छन् । यी संस्थाहरुले पुरस्कार र कदरपत्र सहितप्रति संस्था २५ हजार रुपैया प्राप्त गरेका छन् । 
पुरस्कृत मध्ये हस्क पावर नेपाल प्रा.लि.ले नेपालमा तह २ र ३ को आधुनिक रकेट चुलो प्रवद्र्धन मार्फत स्वच्छ खाना पकाउने ऊर्जाको प्रविधि प्रवद्र्धनमा विशेष योगदान दिएको, घाम पावर नेपाल प्रा.लि.ले सौर्य ऊर्जा प्रविधिको माध्यमबाट कृषि क्षेत्रमा नवीनतम व्यावसायिक ढाँचा विकासमा विशेष योगदान दिएको र पृसु इलेक्ट्रोनिक्स प्रा.लि.ले लघु जलविद्युत आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जडान गर्नको लागि आवश्यक प्रणाली (synchronizing system र  control panel)को विकासमा विशेष योगदान दिएको तथ्यलाई कदर गर्दै पुरस्कार प्रदान गरिएको हो ।   
केन्द्रले प्रत्येक वर्ष मञ्चुका स्मृति अक्षय कोषद्वारा केन्द्रको समन्वयामा नेपालमा नवीकरणीय ऊर्जा प्रवद्र्धन गरी स्थानीय समुदायको जीवनस्तर उकास्न विशेष सहयोग पुर्‍याइ रहेका लघुजल विद्युत, सौर्य ऊर्जा र वायु ऊर्जा तथा जैविक ऊर्जा क्षेत्रमा नवीनतम कार्य गर्ने तीन वटा उत्कृष्ट संस्थाहरुलाई पुरस्कार प्रदान गर्दै आएकोे छ । यो पुरस्कार २०७४ सालबाट प्रदान गर्न थालिएको हो ।
केन्द्रले यस अवसरमा विद्यतीय सवारी साधनको र्‍याली, नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र ऊर्जा समिश्रण बारेको बहस, मैत्रिपुणर् फुटसल लगायतका कार्यकम पनि आयोजना गरेको थियो ।  
हालसम्म केन्द्र अन्तर्गत नेपाल सरकार र विभिन्न विकास साझेदारहरुको संयुक्त सहयोगमा तथा नीजि क्षेत्र र स्थानीय सरकारसँगको सहकार्यमा संचालित विभिन्न कार्यक्रमहरु मार्फत लघु जलविद्युतबाट ३६ मेगावाट विद्युत उत्पादन मार्फत २ लाख ४७ हजार घरधुरीले विद्युतीकरणको सेवा पाएका छन् । त्यस्तै ९ लाख ६१ हजार घरेलु सौर्य विद्युत प्रणाली र १६ लाख सुधारिएको चुलो जडान हुनुका साथै ११ हजार पानी घट्टको सुधार भएको छ । शहरी क्षेत्रबाट निस्कने जैविक फोहोर, पोल्ट्रीफार्मबाट निस्कने सुली र गाईफार्मबाट निस्कने गोवर लगायतको प्रयोग ३ सय ४४ ठुला सहित ४ लाख ३३ हजार वायोग्यास प्लान्ट जडान भएका छन् । सार्वजनिक संस्था, विद्यालय, स्वास्थ्य चौकी, अस्पताल, सर्पदंश उपचार केन्द्र, वर्थिङ सेन्टर जस्ता संस्थामा कम्प्युटर तथा स्वास्थ्य सम्बन्धी उपकरण संचालन गर्न देशभर झण्डै २ हजार ८ सय संस्थागत सौर्य ऊर्जा प्रणाली जडान भएका छन् । साथै २ हजार ४ सय भन्दा बढी खानेपानी र सिंचाईको लागि प्रयोग हुने पानी तान्ने सौर्य पम्प जडान भएका छन् ।  यस बाहेक १ मेगावाट भन्दा बढिका सौर्य तथा सौर्य र वायु ऊर्जा मिश्रित मिनिग्रीड प्रणाली जडान भएका छन् । केन्द्र अन्तर्गत हाल सम्म जडित यस्ता नवीकरणीय ऊर्जा प्रविधिहरु मार्फत देशका करिव ३५ लाख घरधुरी लाभान्वित भईसकेका छन् भने केन्द्रले ऊर्जा दक्षताको क्षेत्रमा समेत उल्लेख्य कार्य गरेको छ । 
नेपालमा वैकल्पिक तथा नवीकरणीय ऊर्जाका स्रोत र प्रविधिहरुलाई  प्रवद्र्धन गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरुको जीवनस्तरमा सुधार ल्याउने र परम्परागत ऊर्जा माथिको निर्भरतालाई कम गर्ने उद्देश्यले वि.सं २०५३ साल कार्तिक १८ मा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको स्थापना भएको होे ।  प्रमुख कार्यक्षेत्रहरुमा लघु तथा साना जलविद्युत, सौर्य ऊर्जा (सौर्य विद्युतीय तथा तापीय प्रणालीहरु) जैविक ऊर्जा (वायोग्यास, सुधारिएको चुलो, ग्यासीफायर, वायोव्रिकेट आदि), वायु ऊर्जा, भूतापीय ऊर्जा, ऊर्जा दक्षता प्रवद्र्धन, जलवायु तथा कार्बन वित्त रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 19 hours ago