भर्खरै

बिजुली बिक्री गर्ने ग्यारेन्टीका साथ प्रस्ताव लिएर आउनुस् पिपिए गर्न तयार छौं : मन्त्री भुसाल

  • प्रकाशित मिति : शनि, कार्तिक २७, २०७८
  • - भीमलाल श्रेष्ठ
title
काठमाडौं २७ कात्तिक । निजि क्षेत्रले बिजुली बिक्री गर्ने ग्यारेन्टीका साथ प्रस्ताव लिएर आए मन्त्रालय पिपिए गर्न तयार रहेको नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाले बताए ।
 
नेपाल विद्युतीय व्यवसायी महासंघको एघारौं तथा बाह्रौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भुसालले नीजि क्षेत्रले विद्युत व्यापार गर्ने बजार खोजे सरकार पिपिए गर्न तयार रहेको बताउँदै उनले भने ‘तपाईहरु बिजुली बिक्रि गर्ने ग्यारेन्टीका साथ प्रस्ताव लिएर आउनुस् मन्त्रालयले लाईसेन्स् दिन तयार छ ।, तर हिजो ३ मेगावाट ५ मेगावाट उत्पादन गर्न रत्नपार्क गएर लाइसेन्स लियो अनि कसलाई बेच्ने भनेर हिड्दा ऊर्जा बिक्रि चाही हुदैन।’
 
‘अब मन्त्रालयले पिपिए गर्दा जसले सस्तो बिजुली दिन्छ उसको बिजुली लिने गरी (विल्ड) गर्दछ । जसकारण उपभोक्तालाई पनि सस्तोमा बिजुली दिन सरकारलाई सहज हुन्छ ।’ मन्त्री भुसालले भने ।, विद्युतीय उपकरणहरु प्रयोग गरी ग्यास तथा पेट्रोलियम पदार्थको परनिर्भर हटाउन विद्युतीय व्यवसायीहरुको समेत सरकारलाई सहयोग चाहिने मन्त्री भुसालको भनाई थियो । 
 
 
महासंघका अध्यक्ष सुर्दशन प्रसाद पौड्यालले कार्यक्रममा सम्बोधन गर्दै विद्युत महसुल दर घटाएको र विद्युत डिमाण्ड शुल्क नबढाउने विद्युत नियमन आयोगको निर्णयलाई स्वागत गर्दै कोरोना र बन्दाबन्दीको कारण हाल सम्म आफ्नो लयमा फर्कन नसकेको उद्योग तथा व्यापारलाई आयोगको निर्णयले ठूलो राहत मिलेको बताए । 
उनले देश भित्र रहेको हरेक चुनौतिहरुलाई चिर्दै मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन र स्वदेशमा नै विद्युतीय सामग्री उत्पादनलाई प्रोत्साहन गर्न सरकारले चासो देखाउन आवश्यक रहेको समेत बताए । 
 
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल च्याम्बर अफ कर्मशका उपाध्यक्ष कमलेश कुमार अग्रवालले निजीक्षेत्रलाई लगानी मैत्री बनाउन सरकारी नीति नबने सरकारले ऊर्जा क्षेत्रमा लिएको योजना समयमा सक्न असम्भव रहेको बताए ।  उनले भने देशको आर्थिक समृद्धिका लागि खुल्ला बजारनै भएकाले सरकारले नीजि क्षेत्रलाई विश्वासका साथ लगानी मैत्री वातावरण बनाईदिन सरकार समक्ष उपाध्यक्ष अग्रवालको आग्रह थियो । 
 
त्यस्तै साधारण सभा कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत तर्फका उपाध्यक्ष अन्जन श्रेष्ठले मन्त्री भुसाललाई निर्देशित गर्दै सरकारले कम विद्युत खपत गर्न ग्राहकलाई निशुल्क विद्युत गराएकोमा धन्यवाद दिदँै उनले उद्योगहरुलाई पनि विद्युत शुल्क घटाएर सहयोग गर्न आग्रह गरे । उनले सरकारले निजी क्षेत्रलाई पिपिए रोकिनु राष्ट्र हितमा नभएको समेत बताए ।
 
 
नेपाल उद्योग परिषद्का उपाध्यक्ष कृष्ण अधिकारीले विद्युतीय सामग्रीको गुणस्तरीयतामा सरकारले नै गम्भिरता नदेखाएको बताउँदै उद्योगका लागि चाहिने कच्चापदार्थ आयातमा सरकारले भन्सार शुल्क बढाएकोमा आपत्ति समेत जनाए ।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघ उद्योग तर्फका दिनेश श्रेष्ठले गठबन्धन सरकार बनेको चार महिना सम्ममा पनि उद्योग वाणिज्य मन्त्रालय खालि भएको भन्दै उद्योग वाणिज्य क्षेत्रलाई सरकारले गम्भिरता नलिएको आरोप लगाए । नीतिले सबै क्षेत्रलाई समान रुपले लिदाँ नै देश विकासले गति दिने उनको भनाई थियो ।
 
अघिल्लो वर्ष महामारीका राज्यले नै भौतिक उपस्थितिलाई बन्देज गरेको कारण महासंघले पनि भौतिक उपस्थितिमा साधारण सभा  नभएको कारण अघिल्लो वर्षको सहित महासंघले यो पटक बानेश्वर स्थित एभरेष्ट होटलमा एघारौँ तथा बाहाँै साधारण सभा आयोजना गरेको हो ।
 
कार्यक्रममा वर्षभरी उत्कृष्ट कार्य गर्ने नगर तथा जिल्ला संघ प्रथम, द्धितिय तृतिय क्रमश रुपन्देही विद्युत व्यवसायी संघ, काठमाडौं विद्युत व्यवसायी संघ र पोखरा इलेक्ट्रिकल एशोसियसनलाई पुरस्कृत गरिएको थियो भने एसोसिएट सदस्य तर्फ एन.जी इलेक्ट्रिकल्स प्रा.लि, प्रिमियर ओभरसिज प्रा.लि र अन्नपूणर्ा केबुललाई महासंघले पुरस्कृत गरेको थियो । कार्यक्रमको मूख्य प्रायोजना प्राइम केबुलले गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago