भर्खरै

काठमाण्डौं उपत्यकाका यी ठाउँमा आज चार घण्टा बत्ती जाने

  • प्रकाशित मिति : मंगल, कार्तिक ३०, २०७८
  • - विद्युत संसार साप्ताहिक
title
काठमाण्डौ,कात्तिक । नेपाल विद्युत प्राधिकरणले आज काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा आज चार घण्टा बत्ती काट्ने भएको छ ।
 
विद्युतीय लाइन मर्मत तथा यन्त्र उपकरण जडानका लागि विभिन्न ठाउँमा चार घण्टा विद्युत् काटिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
चण्डोल क्षेत्रमा लिंक स्विच जडानको लागि बिहान ११ देखि दिउँसो तीन बजेसम्म सुकेधारा, चण्डोल, महाराजगञ्ज, विशालनगर, चप्पल कारखाना, लोसाल लगायतका ठाउँमा बत्ती काटिने प्राधिकरणले जनाएको छ भने मण्डिखाटार, एकताबस्ती र न्यु कोलोनी क्षेत्रमा पनि बिहान ११ बजेदेखि तीन बजेसम्म बत्ती काटिनेछ ।
 
यस्तै, धापासी फिडर अन्तर्गतको सामाखुसी चोकमा मर्मत तथा जडानको कामका लागि बसुन्धारा, टोखारोड, बानियाँटार, रानीबारी र ग्राण्डी अस्पताल वरपर पनि ११ देखि तीन बजेसम्म बत्ती जानेछ ।
 
यस्तै भैरवनाथ गण क्षेत्रमा उपकरण जडान र मर्मतको लागि लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिहान ६ देखि बिहान १० बजेसम्म बिजुली काटिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago