भर्खरै

सबैभन्दा बढी कर तिर्नेमा नेपाल टेलिकम, व्यक्तिगत तर्फ सिद्धार्थ राणा

  • प्रकाशित मिति : बुध, मंसिर १, २०७८
  • -
title
काठमाडौं, मंसिर । सरकारले राष्ट्रिय कर दिवस २०७८ को अवसर पारेर विभिन्न क्षेत्रमा धेरै कर तिर्ने व्यवसाय र व्यक्तिलाई सम्मान गरेको छ । यो वर्षको सर्वाधिक कर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) रहेको छ भने व्यक्तिगत तर्फ सिद्धार्थ राणा रहेको छ ।
यस्तै निर्यात उद्योगतर्फ शशिरञ्जन मिश्र, डाबर नेपाल, विशेष उद्योगतर्फ गोपाल श्रेष्ठ एसियन पेन्टसले सर्वाधिक कर बुझाएर सम्मानित भएको छ । 
कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेकले बढी कर बुझाए छ । सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था, वाणिज्य बैंकतर्फ नबिल बैंकले सर्वाधिक कर बुझाएको छ । छिमेकबाट गणेश घिमिरे र नबिल बैंकबाट अनिल शाहले सम्मान ग्रहण गरेका छन् । 
 
 सेवामा नोबेल हस्पिटलले पनि धेरै कर तिरेर सम्मानित भएको छ भने पर्यटनबाट तारागाउँ रिजेन्सी(ह्यात) बढी कर तिरेर सम्मानित भएको छ । भाटभटेनी पनि बढी कर तिर्नेमा परेको छ । भाटभटेनीका कल्याण गुरुङले सम्मान ग्रहण गरेका छन् । 
 
हिमाल पावर कम्पनीले पनि सम्मानित भएको छ । कम्पनीबाट उमेश शर्माले सम्मान ग्रहण गरेका छन् । यता व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ राणाले सम्मानित भएका छन् । उनी टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका चेयरम्यान हुन् । सबैभन्दा बढी मूल्य अभिवृद्धि कर र आयकर बुझाउने उद्योगमा सूर्य नेपाल सम्मानित भएको छ। कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट रवि केसीले सम्मान ग्रहण गरेका छन् । भ्याटमा अनुशासित भएको भन्दै घोराही सिमेन्टले सम्मान पाएको छ । कम्पनीका संजय बन्सलले सम्मान लिएका  छन् । बीमा कम्पनीका तर्फबाट नेपाल पुनर्बीमा कम्पनी सम्मानित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago