भर्खरै

विद्युतको नयाँ महसुल दर : २५ लाख ग्राहक लाभान्वित

  • प्रकाशित मिति : बुध, मंसिर १, २०७८
  • -
title
काठमाडौं, मंसिर । नेपाल विद्युत् प्राधिकरणले १ मंसिरदेखि विद्युत्को नयाँ महसुल दर कार्यान्वयनमा लगेको छ । विद्युत् प्राधिकरणले गरेको प्रस्तावअनुसार विद्युत् नियमन आयोगले निर्धारण गरेको नयाँ महसुल दर लागू भएको हो । 
 
विपन्न नागरिकलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने गार्हस्थ वर्गका उपभोक्तालाई इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँ मात्र लाग्नेछ । मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिब २२ लाख ग्राहकलाई लाभ पुग्ने प्राधिकरणले बताएको छ ।
आयोगले विपन्न समुदायमा विद्युत् उपभोग बढाउन औसतमा २.८४ प्रतिशत महसुल घटाएको हो । सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका गार्हस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महसुलमा २५ रुपैयाँले कटौती गरी क्रमशः १००, १२५ र १५० रुपैयाँ कायम गरिएको छ ।
मासिक ४०० युनिटमाथि विद्युत् खपत गर्ने उपभोक्ताको इनर्जी शुल्कमा प्रतियुनिट १ रुपैयाँ घटाइएको छ । सिंगल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत् खपत गर्ने ५ एम्पियर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरका उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महसुल दर २५ रुपैयाँले घटाएर क्रमशः १५०, १७५, २०० र २५० रुपैयाँ कायम गरिएको प्राधिकरणले जानकारी दिएको छ ।
विपन्न नागरिकलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्ताको हकमा इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँ मात्र लाग्नेछ । सिंगल फेजबाट आपूर्ति लिई मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्नेको हकमा साविकको दरमा प्रतियुनिट ५० पैसा घटाएर प्रतियुनिट ९.५० रुपैयाँ कायम गरिएको छ । सिंगल फेजबाट आपूर्ति लिई मासिक ४०० युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्ताको हकमा इनर्जी शुल्कमा प्रतियुनिट १ रुपैयाँ घटाइएको छ ।
विद्युत् खपत बढाउन सिंगल फेजबाट आपूर्ति लिई मासिक १५१ युनिटभन्दा बढी खपत गर्ने उपभोक्ताका लागि विद्युतीय चुल्होजस्ता घरायसी उपकरण प्रयोगलाई प्रोत्साहन गर्न महसुल दर साविकभन्दा कम गरिएको हो । सिँचाइका ग्राहकको महसुल दर पनि घटाइएको छ । उनीहरूले तिर्नुपर्ने महसुल औसतमा ४०.६९ प्रतिशतसम्म घटाइएको हो । २३०/४०० भोल्टबाट आपूर्ति लिने सिँचाइ उपभोक्ताको इनर्जी शुल्क प्रतियुनिट २.०५ ले घटाएर २.२५ कायम गरिएको छ । 
पालिका खबरदाता

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago