भर्खरै

जमिनमुनीबाट ग्यास निस्कियो काठमाडौंको कागेश्वरीमा

  • प्रकाशित मिति : बिही, मंसिर २, २०७८
  • - विद्युत संसार संवाददाता
title

मंसिर, काठमाडौं । स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्नका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ ।  बुधबार कागेश्वरी मनहरा ९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो । 
बुधबार दिउसो १२ बजेबाट ग्यास निस्किएको स्थानीयहरुको भनाई छ । 
सुरुको ४ घण्टा तिब्र गतिमा सुक्खा ग्यास मात्र निस्किएकोमा साँझ ४ बजेदेखि हिलो समेत निस्किएको छ । ग्याससँग निस्किएको हिलो र ढुङ्गा आसपासका घरहरुमा पुगे पछि स्थानीय त्रसित बनेका छन् ।
 भूगर्भ विभागबाट प्रतिनिधिहरु आए पनि कुनै प्रतिकृया नदिई आफैं ग्यास नियन्त्रण हुन्छ भन्दै फर्किएको स्थानीयको भनाइ छ ।
बोरिङ खन्दा ग्यास निस्किएपछि दिउँसो आसपासको करीब १ किलोमिटर क्षेत्रमा धुलो फैलिएको थियो भने साँझमा निस्किन थालेको हिलो र ढुङ्गा नजिकका घरहरुमा झरेर फोहर बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सुपर त्रिशूली हाइड्रोपावर आयोजना विद्युत् उत्पादन रोक्न माग

काठमाडौँ, १५ चैत । त्रिशूली नदीको बुट 23 minutes ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 3 hours ago

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका का 3 hours ago