भर्खरै

भारतीय कम्पनीसँग एकैपटक ७ लाख बिजुली मिटर किन्न सम्झौता गर्दै प्राधिकरण

  • प्रकाशित मिति : सोम, मंसिर ६, २०७८
  • - विद्युत संसार साप्ताहिक
title

मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतको जिनस पावर इन्फ्रास्टक्चर इन्डिया इनर्जीसँग एकैपटक ७ लाख वटा इनर्जी मिटर किन्ने भएको छ । अबको डेढ महिनाभित्र आपूर्ति शुरु हुने गरी भारतीय कम्पनीसँग प्राधिकरणले ठेक्का सम्झौता गर्न लागेको हो ।
प्रतिमिटर करिब ९ डलर खर्च हुने गरी जम्मा करिब ६४ लाख अमेरिकी डलरमा ७ लाखमिटर खरिद गर्न सम्झौता हुन लागेको प्राधिकरणले जनाएको छ ।  अहिले देशभर मिटर अभाव रहेको कारण ठेक्का सम्झौताका लागि बोलाइसकेको र मिटर उत्पादन शुरु गर्न अनुरोध गरिसकेका छौं । हितेन्द्रदेव शाक्यको नेतृत्वले सयममै टेन्डर गरेर आपूर्ति गर्न नसक्दा ट्रान्सफर्मर र मिटरको अभाव भएको छ । कुलमान घिसिङ यसअघि नेतृत्वमा हुँदा किनिएको उपकरणले अहिलेसम्म माग धानिरहे पनि अब भने अभाव चरम अवस्थामा छ ।
खपत नभएको बिजुली खेर जानबाट रोक्न नसकेर सकसमा रहेका बेला प्राधिकरणका वितरण केन्द्रहरु ग्राहककोमा जोडिने बिजुलीको मिटरको अभाव छ । यसले एकातिर बिजुली खपत नभएर खेर जाने र अर्कोतिर प्राधिकरण नयाँ ग्राहकको मागअनुसार बिजुली दिन नसक्ने बिडम्बनापूणर् अवस्थामा छ ।
वर्षमा करिब ३ लाख नयाँ विद्युत ग्राहक थपिन्छन् । यसअनुसार महिनामा औसत २५ हजारभन्दा बढी मिटर जडान हुन्छन् । अभावको अवस्था आउन लागेपछि प्राधिकरणले पुराना मिटर समेत प्रयोगमा ल्याइरहेको छ । काठमाडौंको महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका घरमा स्मार्ट मिटर जोडिएपछि निकालिएका चुस्त अवस्थामा ८० हजार मिटर फेरि प्रयोगमा ल्याइएको प्राधिकरणले जनाएको छ ।
अहिले मिटरको भन्दा ट्रान्सफर्मरको बढी अभाव छ । देशभर विद्युतको वितरणलाइनमा जोड्नुपर्ने सयौं ट्रान्सफर्मरको माग छ । तर, प्राधिकरणले मागअनुसार वितरण केन्द्रहरुलाई ट्रान्सफर्मर उपलब्ध गराउन सकेको छैन ।
प्राधिकरणले समयमै आवश्यक निणर्य नगर्दा न्यूनतम् विद्युतीय उपकरणसहित मिटर र ट्रान्सफर्मर अभावको अवस्था आएको हो । ठेक्का प्रक्रिया लामो हुने भएकाले अभावको अवस्था आउने जोखिमको मूल्यांकन गरेर प्रत्येक वर्ष खरिद योजनाअनुसार काम हुनुपर्ने हो । तर, गत वर्ष नेतृत्व परिवर्तन भएर हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक बनेपछि प्राधिकरणमा बढेको राजनीतिक प्रभाव र नयाँ नेतृत्वको कमजोर निणर्य क्षमताले यस्तो अवस्था आएको प्राधिकरणका अधिकारीहरुको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 22 minutes ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 5 hours ago