भर्खरै

बेलायतमा गाईको गोबरबाट बिजुली उत्पादन, एउटा गाईको गोबरले ३ घर झलमल

  • प्रकाशित मिति : मंगल, मंसिर ७, २०७८
  • -
title

गाईको गोबरको प्रयोगका बारेमा त हामीलाई थाहै होला । गोबरलाई मलखादको रुपमा तथा बायोग्याँस उत्पादनमा पनि प्रयोग गरिन्छ । हिन्दु धर्मशास्त्रमा त गाईको गहुँत र गोबरलाई पवित्र मानेर लिपपोतमा प्रयोग देखि पञ्चगव्यमा सेवन समेत गरिन्छ ।
 
हालै एकजना भारतीय डाक्टरले विभिन्न रोग निको पार्ने भन्दै गाईको गोबर खाएको समाचार सार्वजनिक भएको थियो । यी सबैका अलावा गाईको गोबरलाई अर्को निकै महत्वपूणर् कार्यमा उपयोग गर्न सकिने पुष्टि भएको छ ।
हो, बेलायतका किसानहरूले गाईको गोबरबाट बिजुली उत्पादन गरेका छन् । किसानहरूको एक समूहले गाईको गोबरबाट यस्तो पाउडर तयार पारेका छन्, जसबाट ब्याट्री उत्पादन गरिएको छ ।
 
उनीहरुले एक किलोग्राम गोबरबाट यतिधेरै बिजुली उत्पादन गर्न सफल भएका छन् जसले लगातार पाँच घण्टासम्म भ्याकुम क्लिनर चलाउन सकिन्छ ।
 
बेलायतको आर्ला डेरीले यो चमत्कार गरेको हो । किसानको स्वामित्वको उक्त डेरीले गोबरको पाउडर बनाएर त्यसको ब्याट्री तयार गरेको हो । त्यो ब्याट्रीलाई काउ प्याट्री नाम राखिएको छ । ब्ब् आकारको गोबरको ब्याट्रीबाट साढे तीन घण्टासम्म लगातार कपडामा आइरन लगाउन पुग्दछ ।
 
ब्याट्री उत्पादक कम्पनी न्ए द्यबततभचष्भक को दाबी अनुसार एउटा गाईको गोबरबाट वर्षभरीलाई ३ घरमा पर्याप्त बिजुली पुग्दछ । यस हिसाबले ४ लाख ६० हजार गाईको गोबरबाट १२ लाख घरमा बिजुली आपूर्ति ग्र्न सकिन्छ ।
 
अर्ला डेरीमा अधिकांस कार्यका लागि गोबरबाट उत्पादित बिजुलीको प्रयोग गर्न थालिएको छ । त्यस्तै बिजुली उत्पादन बाहेको फोहोरलाई मलखादको रुपमा प्रयोग गरिन्छ । रिपोर्ट अनुसार उक्त डेरीको स्वामित्वमा करीब ४ लाख ६० हजार गाई छन् । जसको गोबरलाई सुकाएर पाउडर तयार गरिन्छ र त्यसबाट ऊर्जा उत्पादन गरिन्छ ।
एजेन्सी

प्रतिक्रिया