भर्खरै

छ्याङ्दीको ४ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोडियो

  • प्रकाशित मिति : मंगल, मंसिर ७, २०७८
  • - विद्युत संसार साप्ताहिक
title

काठमाडौं, मंसिर । लमजुङमा निर्माण भएको ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजनामा बैंक अफ काठमाडौंको अगुवाईमा कुमारी बैंकले समेत ऋण लगानी गरेको उक्त आयोजनाको विद्युत सोमबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । 
 
आयोजनाले हाल परीक्षण उत्पादन सुरु गरेको र उत्पादन भएको विद्युत उदिपुर सबस्टेसनमा जोडिएको प्रवद्र्धक छ्याङ्दी हाइड्रो पावर कम्पनीका सिईओ एल वी थापाले बताए । सिईओ थापाका अनुसार आयोजनाले २ सातासम्म परीक्षण उत्पादन गरी प्राधिकरणलाई निशुल्क विद्युत दिने र परीक्षणको चरण पूरा भएपश्चात् आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिने उनको भनाई छ ।
 
आयोजनाको विद्युत उत्पादन गर्ने तालिका २०७७ चैतदेखि रहेतापनि कोरोना महमारीका कारण निर्माण कार्यमा समस्या भई उत्पादन तालिका ७ महिना पर धकेलिएको कम्पनीले जनाएको छ । विद्युत  प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०७८ भदौदेखि विद्युत उत्पादन गर्नुपर्नेमा लक्ष्यभन्दा ५ महिना अघि उत्पादन सुरु गर्ने दाबी कम्पनीले गरेको थियो ।
 
 आयोजना सम्पन्न हुँदा ७६ करोड रुपैयाँ खर्च भएको अनुमान छ । आयोजनामा ५६ करोड रुपैयाँ ऋण र २० करोड रुपैयाँ स्वपुँजी लगानी छ । 
कम्पनीले २ मेगावाटको छ्याङ्दी खोला साना जलविद्युत आयोजना पनि निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याईसकेको छ ।

प्रतिक्रिया