भर्खरै

लिखु-४ जलविद्युत आयोजनाबाट व्यावसायिक उत्पादन सुरु, ३५ मेगावाट बिजुली थपियो प्रणालीमा

  • प्रकाशित मिति : सोम, मंसिर १३, २०७८
  • - विद्युत संसार साप्ताहिक
title

काठमाडौं, मंसिर  । रामेछाप र ओखलढुङ्गाको सीमामा बग्ने लिखु नदीमा निर्माण भएको लिखु-४ जलविद्युत आयोजनाबाट व्यावसायिक रुपमा बिजुली उत्पादन सुरु भएको छ । 
निजी क्षेत्रबाट प्रर्वद्धित ग्रीन भेन्चर कम्पनी लिमिटेडले २०१८ अक्टोबरबाट काम थालेको यस आयोजनाको ३ वर्षमा आयोजना सम्पन्न गरी नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्न थालेको हो ।
हाल आयोजनाबाट करिब ३५ मेगावाट बिजुली प्रसारण लाइनमा जोडिएको छ । आयोजनाको उत्पादित बिजुली  नेपाल विद्युत प्राधिकरणको २ सय २० केभी प्रशारण लाइनमार्फत रामेछापको मन्थली नगरपालिका-६ मा निर्माण भएको न्यू खिम्ती सब स्टेशनमा जोडिएको कम्पनीले जनाएको छ । 
उत्पादन गृहमा दुईवटा टर्वाइनबाट बिजुली उत्पादन गरिएको छ । आयोजनामा व्यावसायिक प्रतिष्ठान त्रिवेणी  र विशाल ग्रुपको लगानी छ । आयोजनाको लागत १० अर्ब १६ करोड रुपैयाँ छ । जसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत प्रवद्र्धकहरु तथा सर्वसाधारणको लगानी रहनेछ । आयोजनामा नबिल बैंकको अगुवाईमा ७ वटा बैंकहरुले ७ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेका छन् । जसमा नबिलको १ अर्ब ४२ करोड, लक्ष्मी बैंक र ग्लोबल आइएमई बैंकले १ अर्ब २५ करोडका दरले लगानी गरेका छन । त्यस्तै एसबीआई र सनराइज बैंकले ११ अर्ब तथा प्रभु र सानिमा बैंकको ८५/८५ करोड रुपैयाँ ऋण लगानी छ ।
 
रामेछापको उमाकुण्ड गाउँपालिका-७, भुजी र ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाको बीचमा बग्ने लिखु नदीको पानीलाई बिमिरे भन्ने स्थानमा बाँध बनाई ४.२४ किलोमिटर लामो भूमिगत सुरुङमार्फत खिजीदेम्बाको रगनी फेदीमा निर्माण भएको उत्पादन गृहमा खसालिएको छ ।
आयोजना सुरुमा १२० मेगावाट क्षमतामा उत्पादन गर्नेगरी डिजाइन गरिएको थियो । तर आयोजनामा भारतीय कम्पनी भिलवारा ग्रुप लिमिटेड नआउने भएपछि नेपालको ग्रिनभेन्चरले आयोजनाको क्षमता घटाएर काम थालेको हो । 
 
आयोजनाले तत्कालै सर्वसाधारण र आयोजना प्रभावित स्थानीयबासिन्दालाई आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 7 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 12 hours ago