भर्खरै

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन जोखिम कति ?

  • प्रकाशित मिति : बुध, मंसिर १५, २०७८
  • - विद्युत संसार
title

दक्षिण अफ्रिकी मुलुकमा कोरोनाको पुन तेस्रो लहर पनि देखापरेको छ । कोरोना भाइरसको अस्वाभाविक तीव्रता बढ्दै गएपछि ९ नोभेम्बरमा संकलन गरिएको नमूनाको जेनेटिक विश्लेषण गर्दा तेस्रो लहरको कोरोना ओमिक्रोन भेरिन्टको देखापरेको पत्ता लागेको छ ।
सो भाइरसमा अत्याधिक जेनेटिक कोडमा परिवर्तन देखिएपछि २४ नोभेम्वरमा विश्व स्वास्थ्य संगठनलाई सो नयाँ भाइरसको बारेमा जानकारी दिएसँगै २६ नोभेम्बरमा विश्व स्वास्थ्य संगठनले प्रेस विज्ञप्तिमार्फत् सो भाइरसलाई ’ओमिक्रोन भेरियन्ट’ नामकरण गरिएको छ । दक्षिण अफ्रिकामा देखिएको ’ओमिक्रोन भेरियन्ट’ ले विश्वमा जस्तै नेपालमा पनि पछिल्लो केही दिनयता त्रास बढाएको छ ।
 
यो भाइरस विगतको भन्दा भिन्न किसिमको रहेकोले सबैले आ–आफ्नो स्थानमा अत्याधिक सावधानी अपनाउनु पर्ने आवश्यक देखिन्छ । यसबाट नेपाल उच्च जोखिममा छैन भन्ने अवस्था छैन । किनभने नेपालमा अहिले खुला हवाई मार्ग छ । योसँगै होटल, रेस्टुरेन्ट र पर्यटकीय क्षेत्र खोलिएकाले नेपालमा यो भाइरसको जोखिमको सम्भावना छ । यसबाट सचेत रहन आवश्यक देखिन्छ । अहिले नागरिकले कोरोना भाइरसबाट सुरक्षित रहनका लागि तोकिएको स्वास्थ्य मापदण्डको पालना गर्न छोडेको हो कि जस्तो देखिन्छ, यसलाई प्राथमिकतामा राख्न छाडेको हो कि जस्तो देखिन्छ । जोखिमको सम्भावना कायमै रहेकाले बेवास्ता गर्नुहुँदैन, पूर्वसावधानी अपनाउनैपर्छ, सर्तकता अपनाउनै पर्छ । अहिले अन्तर्राष्ट्रिय आवतजावत पनि बढेको छ ।
 
प्रारम्भिक नतिजाले अरू ’भेरियन्ट अफ कन्सर्न’ का भाइरसभन्दा ’ओमिक्रोन भेरियन्ट’ ले बढी रि–इन्फेक्सन (पुनः संक्रमण) गराउन सक्ने क्षमता देखाएको विश्व स्वास्थ्य संगठनले जानकरी दिएको छ । कोभिडका कारण देशको हरेक क्षेत्र अस्तव्यस्त बनिरहेको अवस्थामा पुन नयाँ भेरियन्ट देखा परेपछि जनमानसमा डर त्रास र सन्नाटा छाएको देखिन्छ । 
नेपालमा मुख्यतय दुई नाकाबाट नयाँ भाइरस ’ओमिक्रोन भेरियन्ट’ प्रवेश गर्ने सम्भावना देखिन्छ । एक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो भने अर्को नेपाल–भारत खुला सीमाना । त्यसैले सरकारले यी दुई नाकामा पुरा कडाईका साथ स्वास्थ्य मापदण्डको चेकजाँच र निगरानी राख्न जरुरी देखिन्छ । त्यस्तै, नेपालमा पछिल्लो समय बढिरहेको राजनीतिक जमघटले पनि कोरोनाको जोखिम बढ्दै जानसक्ने देखिएको छ । नेपालमा डेल्टा भेरियन्टले उचाइ लिनुभन्दा अगाडि पनि यस्तै ठूल्ठूला राजनीतिक जमघट÷सभा सम्मेलन भएका थिए । 
 
प्रारम्भिक नतिजाले यो भाइरस छिटो फैलिने तथा अरू भेरियन्ट भन्दा बढी पुनः संक्रमण गर्न सक्ने क्षमता बढिरहेको भनिएको छ । तर कति घातक र खोपको प्रभावकारितालाई कति र कसरी चुनौती दिनसक्छ भन्ने बारेमा पूर्ण जानकारी आइनसकेको स्वास्थ्य मन्त्रालयको भनाई छ । तसर्थ सरकारले विपत्ति आउनुपूर्व नै विपत्तिको समाधान गर्न पूर्व तयारीका साथ बस्न आवश्यक छ । 

प्रतिक्रिया