भारतमा घट्यो ८ रुपैयाँले पेट्रोलको मूल्य, नेपालमा कहिले ?

  • प्रकाशित मिति : बुध, मंसिर १५, २०७८
  • - विद्युत संसार साप्ताहिक
title

काठमाडौं, मंसिर । भारतीय राज्य नयाँ दिल्लीमा पेट्रोलको मूल्य ८ रुपैंयाले घटाइएको छ । इन्डियन एक्सप्रेसका अनुसार पेट्रोलको मूल्यमा ८ भारतीय रुपैयाँ घटाइएको जनाइएको छ ।
 
भारत सरकारले ३० प्रतिशतको करलाई १९.४० प्रतिशतमा झारेपछि पेट्रोलको मूल्य घटेको हो । पेट्रोलको मूल्य घटेपछि दिल्लीका बासिन्दाले राहत महसुस गरेका छन् ।
 
बुधबारको मन्त्रिपरिषद् बैठकले प्रतिलिटर पेट्रोलमा ८ रुपैयाँ घटाएपछि अब तेलको मूल्य ९५.९७ रुपैयाँ तोकिएको छ । यसअघि दिल्लीबासीले १०३.९७ रुपैयाँमा पेट्रोल लगाउँथे ।
 
नेपालमा पनि पेट्रोलको मूल्य वृद्धि भएको भन्दै प्रदर्शन हुँदै आएको छ । यहाँ विभिन्न पार्टीका विद्यार्थी संगठनहरुले पेट्रोल पम्पमै गएर प्रदर्शन गरेता पनि पेट्रोलको मूल्य घटेको छैन । हालै विप्लव समूहले मूल्यवृद्धि फिर्ता गर्न भन्दै नेपाल बन्दको आह्वान गरेको थियो । नेपालमा अहिले प्रतिलिटर पेट्रोलको मूल्य १३६ रुपैयाँ हो ।

प्रतिक्रिया