भर्खरै

ऊर्जा मन्त्रालय चलायमान बनाउन मन्त्री भुसाल केन्द्रित

  • प्रकाशित मिति : बुध, मंसिर १५, २०७८
  • - शिखर श्रेष्ठ
title
 
आयोजनाको स्थलगत निरीक्षणः निर्माणाधीन आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन

 
काठमाडौं १५ मंसिर । गठबन्धन सरकारका ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले मन्त्रालय चलायमान बनाउँदै केही साता यता आफ्नो कार्यव्यस्तता बढाएका छन् ।
निर्माणधिन विभिन्न जलविद्युत आयोजनाहरुको चासो दिदै मन्त्री भुसालले आयोजनाहरुको स्थलगत अवलोकनलाई प्रथामिकता दिएका छन् । उनले यो साता मात्र निर्माणाधीन तनहुँ जलविद्युत आयोजना, लमजुङस्थित मध्य मर्स्याङ्दि जलविद्युत केन्द्र, लमजुङको दोर्दी गा.पा.–६ किर्तिपुरको सबस्टेशन तथा अप्पर दोर्दी “ए“को निरीक्षण गरेका थिए । 
 
तोकिएको समय र लागतको तुलनामा धेरै पछि आयोजना निर्माण हुने बेथितिको अन्त्यको लागि निर्माणाधिन जलविद्युत आयोजनाहरुको निर्माणमा चासो दिदंै मन्त्री भुसालले स्थलगत निरीक्षण भ्रमण गरेका हुन । 
मन्त्री भुसालले सोमबार निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माण स्थल र निर्माणाधीन भूमिगत विद्युतगृह, टेलरेस, सुरुङ लगायतका संरचनाको निरिक्षण पश्चात् मन्त्री भुसालले आयोजनाको काममा ढिलाई नगरी तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिए ।
 
 
स्थलगत निरीक्षण भ्रमणका क्रममा उनले कुलेखानी जस्तो रणनीतिक महत्व बोकेको जलाशययुक्त तनहुँ आयोजना स्रोत, साधन, स्थानीय समस्या लगायतका कारणले ढिलाइ गर्न नहुने बताए ।
तोकिएकै समय र लागतमा सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै उनले निर्माणमा आईपर्ने समस्या तत्काल जानकारी गराउन र त्यस्ता समस्या समाधान गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रायः आयोजनाहरु नदीको बहावमा आधारित भएकाले बर्खामा खपत गर्न नसकी खेर फाल्नुपर्ने अवस्था  छ जसले गर्दा हिउँदमा उत्पादन घट्दा मुलुकभित्रको माग धान्न अझै पनि विद्युत आयात गर्नुपर्ने भएको भन्दै मन्त्री भुसालले भने यस्तो अवस्थाको अन्त्यका लागि जलाशययुक्त तनहुँ आयोजनाको निर्माण समयमा नै सम्पन्न हुनुपर्ने बताए । 
मन्त्री भुसालले यो साता नै लमजुङस्थित मध्य मर्स्याङ्दी जलविद्युत केन्द्र, लमजुङको दोर्दी गा.पा.–६ किर्तिपुरको सबस्टेशन तथा अप्पर दोर्दी “ए“को निरीक्षण गरेका थिए । 
 
 
हाइड्रो हवका रुपमा स्थापित भएको लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजना र प्रसारण लाइनको अवस्थाका बारेमा मन्त्री पम्फा भुसालले मंगलबार स्थलगत निरीक्षण गरे । निजी प्रवर्द्धकले पटक–पटक गरेको आग्रह अनुसार काम नभएपछि मन्त्री भुसालले स्थलगत निरीक्षण गरी तत्काल काम सम्पन्न गर्न निर्देशन दिएकी हुन् । उनले आयोजनाको काममा ढिलाइ गर्न नहुने जनाउँदै एक युनिट पनि बिजुली खेर नजाने गरी काम गर्न निर्देशन दिइन् ।
अवलोकनको क्रममा उनले सरकार ऊर्जा क्षेत्रको विकास र विस्तारमा लागिपरेको र खपत बढाउने योजनालाई पनि तीव्रताका साथ अगाडि बढाइएको जानकारी दिइन् । सो करिडोरमा पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा छन् ।
 
गतहप्ता मात्र मन्त्री भुसालले केरुङ्ग घोल लिफ्ट सिंचाइ आयोजनाको शिलान्यास, विद्युत सर्वेक्षण÷उत्पादन अनुमतिपत्र, पिपिए, विद्युत खपत वृद्धि, पावर ट्रेडिङ, विद्युत उत्पादन लागत÷बिक्री मूल्य लगायत विषयहरूमा मन्त्रालयमा नीतिगत छलफल देखि विद्युत खपत बढाउन विभिन्न निकायहरु सँग छलफल गरेका छन् ।
 
 
गत बुधवार मन्त्रालयमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको छलफलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यारेकहरूमा विद्युतीय उपकरण प्रयोग गरेर ग्यासको प्रयोग हटाउने बारे छलफल भएका थिए । छलफलमा ऊर्जामन्त्री पम्फा भुसालले स्वदेशमा उत्पादित विद्युतको खपत बढाउन विद्युतीय सामग्रीको प्रयोग बढाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago