भर्खरै

विद्युत् सेवा विस्तार भएपछि टुकी बत्तीको बाध्यता हट्यो, स्थानियमा खुसियाली

  • प्रकाशित मिति : शुक्र, मंसिर २४, २०७८
  • - रासस
title
त्रिशूली, २४ मङ्सिर । नुवाकोटको तादी गाउँपालिका–१, २, ३ र ४ विद्युत् सेवा विस्तार गरिएको छ । जिल्लाको  धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा प्रसिद्ध रहेको वडा नं ४ स्थित बाघमारा र सुन्दरीजल–गोसाइँकुण्ड पदमार्गको क्षेत्रसहितको स्थानमा पहिलोपटक विद्युत् सेवा पुर्‍याइएको हो ।
 
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत तादीका उक्त वडामा हालसम्म बत्ती पुग्न नसकेको स्थानमा केन्द्रीय प्रसारण प्रणाली अन्तर्गतको विद्युत् सेवा पु¥याई बत्ती बल्न सुरु गरिएको डिभिजन प्रमुख हरिप्रसाद गुरागाईँले जानकारी दिए । 
 
उनका अनुसार ‘उज्यालो बागमती अभियान’मार्फत डिभिजन कार्यालयले रु ५० लाख बजेटमार्फत १३५ वटा फलामका खम्बा र १३ किमी प्रसारण लाइनको तारमार्फत उपभोक्ताको श्रमदानबाट बत्ती बाल्न थालिएको हो । बत्ती पुगेसँगै उच्च हिमाली एवं दुर्गममा पर्ने उक्त क्षेत्रका करिब १०० परिवार प्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।
 
विद्युत् सेवा नहुँदा व्यक्तिगत खरिद गरिएका सोलार बत्ती र टुकी बालेर बस्दै आएका बासिन्दा केन्द्रीय प्रसारण लाइनमार्फत व्यवस्थित फलामे खम्बासहितको विद्युत् सेवा घरघरमा पुगेसँगै खुशी भएका वडा नं २ का वडाध्यक्ष बच्चुराम तामाङले बताए । उनका अनुसार बत्ती नहुँदा साँझ हुने बित्तिकै खाना खाएर सुत्नुपर्ने अवस्था थियो । बत्ती सुविधा भएसँगै दिनभरको उज्यालोमा दैनिक काम गर्ने र अँध्यारो समयमा बत्ती भएपछि घरभित्रको काम गर्न, बालबालिकालाई अध्ययन गर्न, मोबाइल तथा रेडियो र टेलिभिजनको प्रयोग गर्न सहज भएको छ ।
 
उज्यालो बागमती अभियानअन्तर्गत प्रदेश सरकारले केन्द्रीय प्रसारण प्रणाली नपुगेका स्थानमा ग्रामीण विद्युतीकरण कार्यक्रम तथा सोलार बत्ती वितरण गर्ने योजनाअनुसार हालसम्म बत्ती पुग्न नसकेका स्थानमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले सेवा दिएको हो । “गत वर्ष प्राप्त बजेट रु २० लाखले दुप्चेश्वर र तादी गापाको बत्ती नपुगेका विभिन्न बस्तीको बत्ती पु¥याउने क्रममा पहिचान भएको स्थानमा यस वर्ष बत्ती लगिएको हो”, डिभिजन प्रमुख गुरागाईँले भने, “प्रसारण प्रणाली नपुगेका स्थानमा अब लगत्तै सोलार बत्ती वितरण गर्ने तयारी छ ।”
 
कार्यालयले सिँचाइ कुलो, खोला तथा नदीले पु¥याएको कटानको नियन्त्रण तथा जोखिममा परेका बस्ती संरक्षणका लागि सेवा पु¥याउँदै आएकामा गएको वर्षदेखि ऊर्जाको समेत सेवा दिन सुरु गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago