भर्खरै

वल्र्डलिंकले ल्यायोे ६ सय एमबीपीएस गतिको इन्टरनेट सुविधा

  • प्रकाशित मिति : बिही, पौष १, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं । नेपालमा सञ्चालित इन्टरनेट सेवा प्रदायक संस्थाहरु सबैभन्दा ठूलो संस्था वल्र्डलिंकले नेपालमै पहिलो पटक ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको छ । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमका बीच वल्र्डलिंकले उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको जनाइएको हो । वल्र्डलिंकका अनुसार यसमा नोकिया वेकन ३.० राउटर प्रयोग हुनेछ भने ईन्टरनेटको स्पिड अब कम्तिमा पनि १५० एमबीपीएस गतिको हुने कम्पनीले घोषणा गरेको छ । उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने कम्पनीले जनाएको छ ।
 
कम्पनीका अनुसार घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४ सय रुपैयाँ अर्थात् मासिक एक हजार दुई सय रुपैयाँमै १५० एमवीपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउने छन् । १५० एमबीपीएस सहित २२५ एमबीपीएस र ३ सय एमबीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने छ ।
नेपालको इन्टरनेट स्पिडलाई विश्वमै प्रतिस्पर्धी योजना बनाउने अनुरुप योे नयाँ योजना सार्वजनिक गरेको वल्र्डलिंकका निर्देशक मनोज अग्रवाल बताए ।
 
विभिन्न तथ्यांकले देखाए अनुसार विश्वमा औसत इन्टरनेटको स्पिड ८० एमबीपीएस हारारारीमा छ भने नेपालमा ईन्टरनेटको औसत स्पिड २२ एमवीपीएस छ । साढे पाँच लाख परिवारलाई इन्टरनेटसंग जोडेको वल्र्डलिंकले नयाँ योजना सार्वजनिक गरेसंगै नेपालको औषत स्पिड कम्तिमा पनि ८० एमवीपीएस पुग्ने अपेक्षा कम्पनीको छ । उच्च गतिको इन्टरनेट स्पिडले उपभोक्तालाई घरमै बसेर कार्यालयको काम गर्न, भिडियो हेर्न, अनलाइन कक्षामा संलग्न हुनका साथै विभिन्न गेम खेल्नको लागि निकै सहज हुने वल्र्डलिंकको अपेक्षा छ ।

प्रतिक्रिया