भर्खरै

बिजुली बेच्नु भन्दा उत्पादनशील उद्योगहरूलाई सहुलियतमा दिनुपर्ने अर्थमन्त्रीको भनाई

  • प्रकाशित मिति : बिही, पौष १, २०७८
  • - विद्युत संसार संवाददाता
title
 काठमाण्डौ, पुस । अर्थमन्त्री जनार्दन शर्माले नेपालले बिजुली बिक्रीलाई भन्दा खपतलाई बढी प्राथमिकता दिनुपर्ने बताएका छन् ।
 
बुधवार राजधानीमा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घले गरेको नव उत्थान सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन उनले बिजुली बेचेर व्यापार घाटा कम नहुने भएकोले खपतको नीति लिनुपर्ने अवस्था रहेको बताएका हुन् । 
 
अर्थमन्त्री शर्माले स्वदेशमा उत्पादित बिजुलीलाई निर्यात गर्नुभन्दा पनि खपत गरी वस्तु उत्पादन र रोजगारी सिर्जना गरेर मात्र व्यापार घाटा कम गर्न सकिने बताएका छन् । उनले बिजुलीको महसुल घटाएर उत्पादन गर्ने उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने बताउँदै खेर गएको विद्युत उत्पादनशील उद्योगहरूलाई सहुलियतमा बिजुली उपलब्ध गराएर खपत बढाउनुपर्ने उनको भनाई छ । 
 
कार्यक्रममा बोल्दै मन्त्री शर्माले अहिले बिजुली बिक्री गर्नुपर्ने चिन्ता प्राधिकरणलाई रहेको भन्दै बिजुली बिक्रीबाट अर्थतन्त्र बलियो नहुने बताए । ‘बिजुली उद्योगलाई नदिने अनि खेर फाल्ने किसिमको नीतिलाई सरकारले सच्याउँछ’, उनले भने, ‘एकातिर बिजुली खेर गइरहेको छ, अर्कोतिर उद्योगले चलाउन पाएको छैन । यसले गर्दा रोजगारी सृष्टि हुन पाएको छैन ।’
 
कुन उद्योगलाई कहाँ र कति बिजुली उपलब्ध गराउनुपर्ने हो त्यसको तथ्याङ्क संकलन गरेर बिजुली उपलब्ध गराउनुपर्ने भन्दै विशेषगरी उत्पादन गरेर निर्यात गर्न सक्ने किसिमको उद्योगलाई प्राथमिकतामा राखेर बिजुली सहुलियतमा उपलब्ध गराउनुपर्नेमा मन्त्री शर्माले जोड दिएका छन् ।
 
यस सम्बन्धि नीति परिमार्जन गर्नेबारे मन्त्रालय र सम्बन्धित निकायसँग छलफल भइरहेको भन्दै यसलाई आउँदो आर्थिक वर्षमा समेटिने समेत उल्लेख गरे ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago