भर्खरै

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने

  • प्रकाशित मिति : शुक्र, पौष २, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ । भारतले भारतीय आयल निगमले हरेक महिनाको १ तारिख र १५ तारिखमा नयाँ मूलयसुची नेपाललाई पठाउने गर्छ यसपटक पनि यहि डिसेम्बर १५ मा भारतीय निगमले मूल्यसुचि पठाएको छ । भारतीय आयल निगमले घटाएर नयाँ मूल्यसूची पठाएपछि नेपालमा पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको हो । 
निगमले आज शुक्रबार नयाँ मूल्यसूची सार्वजनिक गर्ने तयारी गरेको निगम स्रोतले जनाएको छ । स्रोतका अनुसार भारतबाट घटेको मूल्यसूची आएकोले आज बैठक बसेर नयाँ मूल्य सूची तोक्ने भन्ने छलफल गरी के मा कति घटाउने भन्ने शुक्रबार नै टुंगो लाग्ने जनाएको छ ।  
अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि भारतले पनि घटेको मूल्य सूची पठाएको हो ।
 
भारतीय आयल निगमले यस अघि डिसेम्बर १ मा पनि मूल्य घटाएर पठाएपनि नेपाल आयल निगमले भने आफ्नो उच्च घाटालाई देखाउँदै मूल्य घटाउन मानेन । नेपाल आयल निगमले पछिल्लो पटक  २०७८ । ०७। २४ को राति १२ः०० वजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल÷मट्टितेलको साविकको विकि मूल्यमा रू. ३।०० ले वृद्धि गरी काठमाडौंको लागि नयाँ खुद्रा विक्रि मूल्य प्रति लिटर क्रमशः रू. १३६ । ०० र रू. ११९।०० तथा आन्तरिक एवं बाह्य हवाई ईन्धनमा रू. ५।०० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रू. १०१।०० तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य अमेरिकी डलर ८९५।०० प्रति किलो लिटर र एल.पी.ग्यासमा रू. ७५।०० ले वृद्धि गरी काठमाडौंको लागि नयाँ खुद्रा विक्री मूल्य रू. १,५७५ । ०० प्रति सिलिण्डर कायम गरेको थियो ।  त्यसपछि पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago