भर्खरै

‘प्रदेशका सबै जनताको घरमा विद्युत पुर्याउने लक्ष्य’ -मन्त्री हमाल

  • प्रकाशित मिति : शनि, पौष ३, २०७८
  • - विद्युत संसार संवाददाता
title
 
लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले लुम्बिनी प्रदेशका सबै जनताको घरमा बिजुली पुर्याउने लक्ष्य  प्रदेश सरकारको रहेको बताएका छन् । शनिबार नेपालगन्जमा इलेक्ट्रिसियन एशोसिएसन बाँकेको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशन उद्घाटन गर्दै मन्त्री हमालले प्रदेश सरकारले प्रदेशका सबै जिल्लाका जनता अध्याँरोमा बस्नु नपरोस् भन्ने उद्देश्यले काम गरिरहेको बताएका हुन् ।
मन्त्री हमालले कुनै बेला इलेक्ट्रिसियन अभाव रहेको  नेपालगन्जमा अहिले जनशक्ति धेरै वृद्धि भएको देख्न पाउदा हर्षित भएको बताए । उनले भने, ‘जोखिम मोलेर गर्नुपर्ने पेशा हो, तर पहिले भन्दा अहिले धेरै जनशक्ति इलेक्ट्रिसियन क्षेत्रले तयार गरिसकेको छ ।’ मन्त्री हमालले इलेक्ट्रिसियन क्षेत्रमा कार्यरतहरुको आय त्यति धेरै नहुने र जोखिम मोलेर काम गर्नुपर्ने भएकाले बीमा र पेशालाई मर्यादित बनाउन आवश्यकता रहेको बताएका थिए । उनले त्यसका लागि प्रदेश सरकारले गर्नुपर्ने सहयोगका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।
 
मन्त्री हमालले इलेक्ट्रिसियनले आफ्नै भवन बनाउने तयारी गरेमा त्यसका लागि सरकारबाट सहयोग समेत गर्ने प्रतिबद्धता जनाएका थिए ।
 
 
इलेक्ट्रिसियन एशोसिएसन बाँकेको अध्यक्षमा खनाल दोस्रो कार्यकालको लागि सर्वसम्मति निर्वाचित
 
इलेक्ट्रिसियन एशोसिएसन बाँकेको पाँचौं साधारण सभा एवं तेस्रो अधिवेशन बाट अध्यक्षमा दिपक कुमार उपाध्याय खनाल निर्वाचित भएका छन् । खनालको यो दोस्रो कार्यकालको इनिग कार्यकाल हो । पहिलो कार्यकालमा विश्वमा कोभिड १९ का कारण सोचेअनुसार काम गर्न नपाएकोले दोस्रो कार्यकालको लागि दोहोरिने इच्छा व्यत्त गरेको कारण साधारण सभाबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित भएको हो । खनालको अध्यक्षता मा बनेको १७ सदस्यीय नवनिर्वाचित कार्यसमिति सर्वसम्मत भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता इश्वरी प्रसाद ज्ञवालीको  हस्ताक्षरित पत्रद्धारा जनाईएको छ ।
 
ज्ञवालीका  हस्ताक्षरित पत्र अनुसार, अम्मर बहादुर ओली उपाध्यक्ष, डम्बर बहादुर एरी क्षेत्री सचिव, बुद्धि बहादुर वली कोषाध्यक्ष र विष्णु बहादुर शाही सहसचिव छन् ।कार्यसमिति सदस्यहरुमा जग बहादुर माझी, छविलाल चलाउने, पूर्ण बहादुर गुरुङ्ग, प्रेम घर्ती, मोती प्रसाद सापकोटा, वीमल कुमार उपाध्याय, देवी प्रसाद थारु सर्वसम्मत भएका छन् । त्यस्तै, नवनिर्वाचित कार्यसमिति सदस्यमा सोमराज चौधरी, पूर्ण बहादुर राना, सरदार अली भाट, धनीराम खत्री र हरि प्रसाद खदाल सर्वसम्मत चयन भएको   प्रेसित पत्रमा जानाइएको छ  ।
 
कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवि ओली, विद्युतीय व्यवसायी महासंघका केन्द्रीय सदस्य नन्द लाल ढकाल, विजुली व्यवसायी संघ कोहलपुरका अध्यक्ष विष्णु पौडेल, पलम्बर एशोसियसन बाँकेका अध्यक्ष अशोक चौधरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले कार्यक्रम सम्बोधनमा विद्युतिय क्षेत्रमा देखिएको समस्याहरुलाई तत्काल समाधान गर्न सरकारलाई ध्यानार्कषण गरिएको नवनिर्वाचित अध्यक्ष दिपक कुमार खनालले विद्युत संसारलाई बताए ।
 
कार्यक्रममा मुख्य प्रायोजक पायोनियर केबुल,प्रायोजक मेगा केबुल लगायत ४० भन्दा बढि कम्पनीहरुको प्रायोजनमा करिब ५५० सदस्यहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको अध्यक्ष खनालले हामी सँगको कुराकानीमा  बताए । उपस्थित अतिथगणहरु र साधारण सभाका प्रायोजकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने कार्यक्रम सुनाखरी रेष्टुरेण्ट प्रालि नेपालगञ्जमा सम्पन्न भएको थियो।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago