भर्खरै

शेयर बजारमा १८ अंकको गिरावट, दुई कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि

  • प्रकाशित मिति : सोम, पौष ५, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, पुस ।  आज सोमबार शेयर बजारको परिसूचक नेप्से झण्डै १८ अंकले गिरावट आएको छ । आज १७. ९३ अंकले घटेसँगै परिसूचक २३५८ अंकमा कायम भएको छ । आज १८९ कम्पनीको शेयर कारोबार हुँदा दिनभर जम्मा २ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । माइक्रोफाइनान्स र उत्पादन उपसमूह मात्रै बढेको छ भने बाँकी सबै उपसमुह घटेका छन् ।
 
माइक्रोफाइनान्स ६ तथा उत्पादन उपसमूह १९४ अंकले बढे । बैंकिङ ७, ब्यापार २, होटल तथा पर्यटन ४५, विकास बैंक ९२, जलविद्युत ५२, फाइनान्स १७, निर्जीवन बीमा १७०, अन्य ३८, र जीवन बीमा उपसमूह १०६ अंकले घटे ।
कुल १४३ कम्पनीको मूल्य घट्यो भने ४३ को बढ्यो । ३ कम्पनीको मूल्य भने स्थिर रह्यो । दुई कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो । गोर्खा फाइनान्स र हिमालयन डिस्टिलरीको मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 1 day ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 1 day ago