भर्खरै

जनता केबुलद्धारा प्राविधिकहरुलाई सचेतना मुलक कार्यक्रम

  • प्रकाशित मिति : मंगल, पौष ६, २०७८
  • - भीमलाल श्रेष्ठ
title

विर्तामोड, पुस  । जनता केबुल ईण्डष्ट्रिज प्रा.लि ले विद्युतीय क्षेत्रका प्राविधिकहरुलाई प्रविधि सचेतना मुलक कार्यक्रम सञ्चालन गरी सम्पन्न गरेको छ ।
विगत चार दशक भन्दा अघि देखि गुणस्तरिय विद्युतीयतार उत्पादनगर्दै आएको कम्पनीले शुक्रबार झापाको विर्तामोड स्थित आर्दश ब्याङक्वेटमा पूर्वी नेपालको  विर्तामोड बजार र आसपासका क्षेत्रमा रहेका विद्युतीय प्राविधिकहरुलाई प्रविधि सम्बन्धि सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको हो ।
 तीव्ररुपमा शहरिकरणका साथै  औधोगिकरण भैरहेको विर्तामोड बजारमा  प्रविधि सम्बन्धि सचेतना मुलक कार्यक्रममा निकै ठूलो आवश्यकता रहेकोले प्राविधिकहरुलाई  सचेत गराउन कार्यक्रमको आयोजना गरिएको जनता केबलका डाईरेक्टर शुभम् अग्रवालले विद्युत संसारलाई बताए । 
‘प्राविधिकहरुलाई आफ्नो काम प्रति थप दक्ष बन्न सहयोग पुगोस् भन्ने मनसाय हाम्रो कम्पनीको छ ।’ डाइरेक्टर अग्रवालले भने विर्तामोड बजारमा निर्माणसँग सम्बन्धित सामाग्रीहरुको निकै ठूलो माग रहेकाले सचेतना कार्यक्रम सञ्चालन गरिएको  हो । 
 
 
विगत चार दशक भन्दा अघि देखि गुणस्तरीय विद्युतीय तार उत्पादन गर्दै नेपाली उपभोक्ताहरुको मनमा बस्न सफल भएको छ । हामीले उपभोक्ताहरुको साथ र सहयोगले आगामी दिनहरुमा पनि यस्तै गुणस्तरीय र विश्वसनिय सामग्रीहरु उत्पादन गर्न हौसला मिलेको डाइरेक्टर अग्रवालले बताए ।
 
कम्पनीले गुणस्तरीय सामग्री तार सँगै भारतीय बजारमा अत्यान्त ख्याति कमाएको जी.एम.ब्राण्डका आर्कषक डिजाईनका विभिन्न मोडुलर स्वीचहरु समेत बजारमा ल्याएको छ । निकट भविष्यमा सम्पूर्ण विद्युतीय सामग्रीहरुको समेत निरन्तरता रहने जनता केबलका डाईरेक्टर अग्रवालले बताए ।
त्यसैगरि जनता केवल कम्पनीका भाईस प्रेसिडेन्ट केपी घिमिरले उक्त सचेतना  कार्यक्रममा जसरी मानब मुटुबाट रगत संचार गराउन रक्त धमनीले महत्वपूर्ण भुमिका खेलेको हुन्छ त्यसैगरि विद्युतीय वायरिङ्गमा तारको महत्वपूर्ण भुमिका रहेको हुन्छ भने त्यो उच्च गुणस्तरीय चिरपरिचत अति सुरक्षित केवल नै जनता केवल हो । जनता केवलका  वायरिङ्गमा तार जुन निरन्तर जनताको मनमुटुमा सजावटको रुपमा रहन सकेको घिमिरले बताए ।
कार्यक्रममा प्राविधिकहरु बाट आएको सुझावलाई कम्पनीका क्वालिटी ईन्जिनियर  रामानन्द शाहले सरल र सहज तरिकाबाट प्राविधिकहरुलाई सहजिकरण गरिएको थियो ।
 
 
कार्यक्रममा जाडोलाई मध्यनजर गर्दै जनता केवलको कर्पोरेट कलरको ज्याकेट, मायाको चिनो र लक्की ड्र मार्फत प्राविधिकहरुलाई विभिन्न उपहार प्रदान गरेको नेशनल सेल्स प्रमुख इन्द्र पोखरेलले विद्युत संसारलाई बताए ।
आगामी दिनमा जनता ग्रुपद्धारा नेपालको सबै क्षेत्रमा कार्यक्रम संचालन गर्ने योजनामा रहेको कम्पनीको सेल्स प्रमुख पोखरेलले  हामीसँगको कुराकानीका क्रममा बताए । कार्यक्रममा पूर्वी नेपालमा रहेका आफ्ना डिलरहरुको भेला सिद्धार्थ ग्रेण्डसिटि विर्तामोडमा भव्यताका साथ सम्पन्न गरेको समेत पोखरेलले बताए ।
 
प्रविधि सचेतना कार्यक्रममा करिब दुई सय जनाको उपस्थिती गराई कार्यक्रममा पूर्वी क्षेत्रको इज्जत र प्रतिष्ठा बढाई दिइएकोमा जनता केबुलका पूर्वाञ्ञ्चल क्षेत्रीय सेल्स म्यानेजर किसन जैनद्धारा सबैमा हार्दिक आभार एवं धन्यवाद व्यक्त गरेका थिए ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया