दोस्रो दिन पन्ध्र सय अवलोकनकर्ताहरु बाट डिलर एण्ड डिस्ट्रिब्युटर एक्स्पोे अवलोकन

  • प्रकाशित मिति : बुध, पौष ७, २०७८
  • - भीमलाल श्रेष्ठ
title

 काठमाण्डौं पुस । कन्फिडेरेसन अफ इन्डिएन इन्डस्ट्रिज (सिआईआई)को आयोजनामा तीन दिने डिलर एक्स्पो २०२१ सुरु  भएको हो ।  एक्स्पो भएको दोस्रो दिन पन्ध्र सय अवलोकनकर्ताहरुले निरिक्षण गरेको एक्स्पो आयोजक संजय मिश्रले विद्युत संसारलाई बताए ।
 
प्रर्दशनीबाट न्यून लगानीमा उच्च नाफा लिन नेपाली डिलर,डिस्टिब्युटर र व्यवसायीहरुलाई सहयोग मिलेकोमा आयोजक सिआईआई को तर्फबाट खुसी व्यक्त गरेका थिए । आगामी दिनमा यस्ता एक्स्पोहरुको निरन्तरता दिने समेत बताए । 
 
मंगलबारदेखि राजधानीको भृकुटीमण्डमा सुरु भएको तीन दिने प्रर्दशनी भारतीय उद्योग तथा वाणिज्य मन्त्रालय र नेपालस्थित भारतीय दूतावासँगको सहकार्यमा सुरु भएको हो ।
 
उक्त प्रर्दशनीमा स्पोन्सर गोल्डआईई (Goldiee)र एनभीएल (Anval) रहेको छ भने बीसिएच इलेक्ट्रिक लिमिटेड(बीसिएच),थ्री पी ओभरसिज,आलोक इन्टरनेशनल प्राली,फाईन स्वीचगियर,भिनायक इलेक्ट्रिकल्स लगायत झन्डै एक सय भारतीय प्रतिष्ठित कम्पनीहरुको सहभागीता रहेको छ ।  अवलोकन को लागि प्रर्दशनी स्थलमा निःशुल्क प्रवेश को समेत व्यवस्था मिलाइएको छ । 

प्रतिक्रिया