भर्खरै

महशुल नतिरेपछि प्राधिकरणले काट्यो भरतपुरमा क्रिकेट रंगशालाको लाइन

  • प्रकाशित मिति : बिही, पौष ८, २०७८
  • - विद्युत संसार संवाददाता
title
पुस, चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयदेखि विद्युत महशुल नतिरेपछि धुर्मुस सुन्तली फाउन्डेसन र माउन्ट एभरेष्ट ब्रुअरीको लाइन काटिदिएको छ ।
धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिका–१६ मा निर्माण गरिरहेको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि धुर्मस सुन्तली फाउण्डेशनले लिएको विद्युतको बक्यौता रकम नतिरेकोले लाइन कटिदिएको प्राधिकरणका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । इन्जिनियर पौडेलका अनुसार फाउण्डेशनले आठ लाख ८७ हजार रुपैयाँ बक्यौता प्राधिकरणलाई तिर्न बाँकी छ ।
 
त्यस्तै मदिरा उत्पादक कम्पनी माउन्ट एभरेस्ट ब्रुअरीले ३७ लाख ४१ हजार ३ सय १७ रुपैयाँ तिर्न बाँकी छ । बुधबार मात्र १२ वटा फर्म तथा संघसंस्थाको विद्युत लाइन काटिएको इन्जिनियर पौडेलले बताए ।
 
विद्युत लाइन काट्न पुगेका प्राधिकरणका कर्मचारीहरुलाई माउन्ट एभरेस्ट ब्रुअरी उद्योग परिसरमा प्रवेश गर्न नदिई तीन जना चौकीदार लगाएर लखेट्ने प्रयास गरिएको इन्जिनियर पौडेलले बताए ।
 
उद्योगभित्र पसेर लाइन काट्न नदिएपछि उद्योगको कम्पाउण्डबाहिर नै जम्पर खोलेर लाइन काटिएको प्राधिकरणले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago