७१ अंकले बढ्यो आज शेयर बजार, १७ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि

  • प्रकाशित मिति : आइत, पौष ११, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाण्डौ, पुस ।  आज साताको पहिलो दिन शेयर बजार उच्च अङ्कले वृद्धि भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७१.२ अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ४२ विन्दुमा पुगेको छ ।
 
आज १८ वटा बीमा कम्पनीको शेयर १० प्रतिशतले उकालो लागेको छ । जलविद्युत् र फाइनान्स कम्पनीबाहेक सबै समूहको शेयर मूल्य बढेको छ । आज बीमा समूहको शेयरमा हरियाली आएको छ । जीवन बीमा समूहको शेयर झन्डै एक हजार अङ्क र निर्जीवन बीमा समूहको शेयर नौ सय सात अङ्कले बढेको छ ।
 
यस्तै आजदेखि रु. १०० बाट कारोबार सुरु भएको मध्य भोटेकोसी जलविद्युतको शेयरमा पनि सकारात्मक सर्किट लागेको छ तर बजार समग्र रुपमा वृद्धि भएपनि गोर्खाज फाइनान्स, माउन्टेन इनर्जी, ग्रीन लाइफ हाइड्रो लगायतका कम्पनीको मूल्य भने घटेको छ । 
आज दुई सय ३१ कम्पनीका ८६ लाख एक हजार कित्ता शेयर पाँच अर्ब १७ करोड रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै नबिल बैंकको ३२ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया