भर्खरै

७१ अंकले बढ्यो आज शेयर बजार, १७ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि

  • प्रकाशित मिति : आइत, पौष ११, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौ, पुस ।  आज साताको पहिलो दिन शेयर बजार उच्च अङ्कले वृद्धि भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७१.२ अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ४२ विन्दुमा पुगेको छ ।
 
आज १८ वटा बीमा कम्पनीको शेयर १० प्रतिशतले उकालो लागेको छ । जलविद्युत् र फाइनान्स कम्पनीबाहेक सबै समूहको शेयर मूल्य बढेको छ । आज बीमा समूहको शेयरमा हरियाली आएको छ । जीवन बीमा समूहको शेयर झन्डै एक हजार अङ्क र निर्जीवन बीमा समूहको शेयर नौ सय सात अङ्कले बढेको छ ।
 
यस्तै आजदेखि रु. १०० बाट कारोबार सुरु भएको मध्य भोटेकोसी जलविद्युतको शेयरमा पनि सकारात्मक सर्किट लागेको छ तर बजार समग्र रुपमा वृद्धि भएपनि गोर्खाज फाइनान्स, माउन्टेन इनर्जी, ग्रीन लाइफ हाइड्रो लगायतका कम्पनीको मूल्य भने घटेको छ । 
आज दुई सय ३१ कम्पनीका ८६ लाख एक हजार कित्ता शेयर पाँच अर्ब १७ करोड रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै नबिल बैंकको ३२ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago