भर्खरै

पोल भाडा तिर्न विद्युत् प्राधिकरणको ताकेता, नतिरे लाइन काट्ने चेतावनी

  • प्रकाशित मिति : सोम, पौष १२, २०७८
  • - विद्युत संसार संवाददाता
title

चितवन, पुस । नेपाल विद्युत् प्राधिकरणले आफ्ना संरचना प्रयोग गरिरहेका इन्टरनेट, केबल टेलिभिजन तथा टेलिफोन सेवा प्रदायक कम्पनीलाई पोल भाडा बुझाउन ताकेता गरिरहेको छ । 
प्राधिकरणको भरतपुर वितरण केन्द्रले बिहीबार वर्ल्डलिंक कम्युनिकेसन प्रालि, क्लासिक टेक कम्युनिकेसन प्रालि र टेक माइन्ड्स कम्युनिकेसन प्रालिलाई पत्र पठाउँदै नबुझाए लाइन काटिदिने चेतावनी दिएको हो । 
इन्टरनेट, केबल तथा टेलिफोन सेवा प्रदायकहरूले प्राधिकरणका पोल, अप्टिकल फाइबरलगायत विद्युतीय संरचना प्रयोग गरिरहेका छन् । भरतपुर वितरण केन्द्रका अनुसार संरचना प्रयोग गरेवापत वर्ल्डलिंकले ६१ लाख ७५ हजार, क्लासिक टेकले २१ लाख ७६ हजार र टेक माइन्ड्स कम्युनिकेसनले ३१ लाख १६ हजार रुपैयाँ भाडा तिर्न बाँकी रहेको जनाएको छ । प्राधिकरणले भाडा नबुझाउँदा गत असोजमा पनि चितवनमा इन्टरनेट काटिएको थियो । 

प्रतिक्रिया