भर्खरै

विद्युतको माग उच्च वृद्धि भएपछि प्राधिकरण सकसमा

  • प्रकाशित मिति : बुध, पौष १४, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं । चिसो बढेसँगै घरायसी खपत उच्च भइरहँदा काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति व्यवस्थापनमा नेपाल विद्युत् प्राधिकरणले सकस भोगिरहेको छ ।
 
वितरण लाइन तथा ट्रान्सफर्मरको क्षमताले थेग्ने भन्दा धेरै लोड सिर्जना हुँदा ट्रान्सफर्मर पड्कने तथा तार जल्दा कतिपय स्थानमा विद्युत् आपूर्ति नै अवरुद्ध हुने समस्या बढेको हो ।
 
केही दिनयता काठमाडौँ उपत्यकामा माग पनि अत्यधिक बढेको छ । गत वर्ष मध्य पुसमा उपत्यकामा उच्च समयमा करिब तीन सय मेगावाट माग थियो तर सोमबार काठमाडौँ उपत्यकामा साँझ ६ बजे देखि ६ः३० सम्ममा माग ४५० मेगावाट पुग्यो भने मङ्गलबार (आज) दिउँसो १ बजे नै माग ४३० मेगावाट पुगेको छ ।
 
काठमाडौँ उपत्यकाका खास गरी बागमती र विष्णुमती नदीबीचको क्षेत्र र चक्रपथ बाहिरका क्षेत्रमा यस्तो समस्या बढी देखिएको छ ।
 
ललितपुरको इमाडोल क्षेत्रमा तीन दिनदेखि यही समस्याले उपभोक्ता आक्रान्त छन् । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 38 minutes ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 5 hours ago