भर्खरै

होसियारीपूर्वक गिजरको प्रयोग गरौँ

  • प्रकाशित मिति : बिही, पौष १५, २०७८
  • - भीमलाल श्रेष्ठ
title
प्रविधिको प्रयोग बढ्दै जादाँ मौसम अनुसारको विभिन्न सामग्रीहरु बजारमा पाईन्छ । जाडोमा न्यानो बनाउन होस् या गर्मिमा चिसो बनाउन विभिन्न आधुनिक खालका सामग्रीहरु बजारमा आइरहेका छन् । बिस्तारै जाडो बढ्न थालेपछि न्यानोको लागि अनेक विकल्प खोज्ने मानिसको स्वभाव नै हो । जाडोले हामीलाई यति गाह्रो पार्छ कि यसबाट बच्न हामी विभिन्न तरिकाहरु अपनाउँछौं ।
 
जाडो मौसम चलिरहदा चिसो पानीले नुहाउन, लुगा धुन, भाँडावर्तन सफा गर्न मुस्किल हुन्छ । यद्यपी पानी तताउने अनेक विकल्पहरु मध्य गीजर पहिलो स्थानमा आउदछ । रुमलाई न्यानो बनाउन रुम हिटर, हेलोजिन हिटरहरु बजारमा प्रस्सत पाईन्छ ।
 
अहिले जाडोको मौसम चलिरहेको छ । यो समयमा जाडोबाट बच्न आफू सुत्ने कोठा न्यानो बनाएर सुत्ने बानी गर्नुभएको छ र तपाईको कोठामा हावा ओहोरदोहोर गर्ने भेन्टिलेटर छैन भने सबावधान ! जाडो मौसममा जीवनशैलीको महत्वपूर्ण पाटो बन्न पुगेको गीजर वा वाटर हिटरसँग रुम हिटरहरुले चिसो मौसमलाई टाढा राख्दछ । तर यस्ता सामग्रीहरुको प्रयोग जति बढ्दै गएको छ यसले विभिन्न घटनाहरु पनि निम्ताइरहेको छ । गिजरको माध्यमबाट नुहाउदा र राती रुम हिटर प्रयोग गर्दा हामीले धेरै नै ध्यान पुर्याउनु आवश्यक छ । अझ रुम हिटर बालेर राती सुत्नु भनेको त दुर्घटनालाई निमत्याउनुनै हो । हिउँदे मौसमको शुरूआतसँगै जाडो छल्न घर, कार्यालय सबैतिर हिटरको प्रयोग हुने गरेको छ । चिसो याममा न्यायोपनका लागि हिटर उपयोगी भएता पनि यसलाई प्रयोग गर्न नजान्दा दुःखदायी घटना समेत हुने गरेको छ । झ्यालढोका बन्द गरी आगो ताप्ने वा हिटरको प्रयोग गर्नु स्वास्थ्यका दृष्टिकोणले घातक हो ।
 
बास्तवमा हिटर बालेर सुत्दा हामीले फेर्ने श्वाससँगै कार्वनमोनोअक्साइड पनि जान्छ । कार्वनमोनोअक्साइडसँग हेमोग्लोबिन भन्दा १५ गुणा बढी अक्सिजन लिने शक्ति हुन्छ । कार्वनमोनोअक्साइड धेरै लिने शक्ति भएकाले शरीरले अक्सिजन पाउँदैन् । शरीरमा अक्सिजन कम हँदै गएपछी बेहोस हुँदै जान्छ र मृत्यु समेत हुन सक्दछ । यसले जाडो मौसममा न्यानो बनाउन प्रयोग गरिने कुनै पनि सामग्रीहरु अत्याधीक ध्यान दिएर प्रयोग गर्न आवश्यक छ । 
 
जाडोमा पानी तताउन बाथरुममा राखिएका ग्यास गिजर पनि अन भए नभएको कोठामा लिक भए नभएको जाँच्नुपर्दछ । गिजर र हिटर प्रयोग गर्दा उत्पन्न हुने आगोले बन्द कोठामा अक्सिजनको खपत बढी हुन्छ र कार्बन डाइअक्साइडको मात्रा बढ्छ ।यही क्रममा कार्बन मोनोअक्साइडसमेत बन्छ । रङ र गन्धहीन कार्बन मोनोअक्साइडका कारण मानिसको मृत्यु हुने गरेको छ ।
 
हावाको ओहोरदोहोर राम्ररी नहुने कोठामा ग्यास गिजर, खाना पकाउने ग्यास, स्टोभ प्रयोग गर्दा र आगो बाल्दा दुर्घटनाको सम्भावना बढ्छ । बालबालिका वृद्धवृद्धा विशेष अवस्थाका महिलालाई अझ बढी समस्या देखापर्छ । सुत्ने बेलामा हिटर बालेर नसुत्नुहोस्, साथै आफु केहि काम गर्दै गर्दा हिटर कोठामा खुल्लै छाडेर बाहिर ननिस्किनुहोस् । आगोबाट जल्ने कुराहरु र केटाकेटीहरुबाट हिटरलाई टाढै राख्नुहोस् । ग्यासबाट चल्ने हिटरको नजिक छिटो जल्ने खालका कुनै पनि सामाग्री राख्नुहुँदैन । जहिले पनि कागज, ब्लाइंकेट, कपडा, दाउरालगायतका सामाग्री हिटरभन्दा टाढा राख्नुपर्छ ।  ग्यासबाट चल्ने हिटरलाई त्यस्तो ठाउँमा पनि राख्नुहुँदैन । जुन बाटोबाट बढी ओहोर दोहोर गरिरहनुपर्छ । अझ ध्यान पु¥याउनुपर्ने विषय के हो भने हिटरलाई बच्चाले नभेट्ने ठाउँमा राख्नुपर्छ । यसलाई कडा सतहको किनारमा राख्नुपर्छ ।
 
यदि हिटर ताप्दै हुनुहुन्छ भने इलेक्ट्रिकल हिटरभन्दा ग्यास हिटर ताप्नु स्वास्थ्यको लागि राम्रो हुन्छ। ग्यास हिटरले इलेक्ट्रिकल हिटरभन्दा कम अक्जिनलाई असर गर्छ। यस्तै ग्यास हिटरले कार्बनमोनोअक्साइड ग्यास पनि कम फाल्ने गर्छ। जसले गर्दा लामो समयसम्म पनि ग्यास हिटर ताप्ने गर्दा पनि स्वास्थ्यलाई खासै असर गर्दैन । बजारमा दुवै खालका गुणस्तर र गुणस्तरहिन सामग्रीहरु पाईन्छ तर हामीले सामग्री किन्दा सस्तो भन्दा पनि राम्रो र गुणस्तरियतालाई ध्यान दिनुपर्दछ ।  जसले भवितब्य हुने दुर्घटनालाई न्युनिकरण गर्दछ । यस्ता दुर्घटनाबाट जोगिन ग्यास गिजरको मुख्य मेसिनलाई बाथरूम बाहिर खुला ठाउँमा जडान गर्ने, पाइपको माध्यमले तातो पानी बाथरूममा ल्याउने, सानो र हावा ओहोरदोहोर नहुने कोठामा आगो नबाल्ने, परिवारलाई यस्ता घटनाबारे जानकारी गराई सचेत गराउने, बालबालिका र वृद्धवृद्धाको लागि विशेष व्यवस्था गर्ने, यस्ता उपकरण भन्दा न्यानो लुगा कपडामा जोड दिनुपर्दछ । यद्यपी चिसोमा विद्युतीय हिटरको साटो अन्य कुनै प्राकृतिक विकल्प नै प्रयोग गर्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago