भर्खरै

बुधवारको वर्षा बन्यो जलविद्युत् प्रवर्द्धकलाई ६७ लाखको चिठ्ठा !

  • प्रकाशित मिति : आइत, पौष १८, २०७८
  • - विद्युत संसार संवाददाता
title

पुस १६, काठमाडौं । बुधवार दिनभर आएको अविरल वर्षाका कारण जलविद्युत प्रवर्द्धकहरु भने मालामाल भएका छन् ।
लगातारको वर्षाका कारण नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका जलविद्युत् आयोजनाको समेत विद्युत् उत्पादन वृद्धि भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका आयोजनाको १ लाख ५१ हजार युनिट विद्युत् उत्पादन बढ्दा उसका सहायक कम्पनीका आयोजनाको १ लाख ४ हजार युनिट उत्पादन वृद्धि भएको छ । तर निजी क्षेत्रका आयोजनाहरुको भने सर्वाधिक ५ लाख ४० हजार युनिट विद्युत्  उत्पादन थपिएको छ ।
मंगलवार प्राधिकरणका आयोजनाबाट ८९ लाख १ हजार युनिट विद्युत् उत्पादन भएकोमा बिहीवार ९० लाख ५२ हजार युनिट विद्युत् उत्पादन भएको छ । त्यस्तै प्राधिकरणका सहायक कम्पनीबाट मंगलवार ४५ लाख १४ हजार युनिट विद्युत्  उत्पादन भएकोमा बिहीवार ४६ लाख १८ हजार युनिट विद्युत्  उत्पादन भएको छ ।
 
निजी क्षेत्रका आयोजनाबाट भने मंगलवार ९४ लाख ५ हजार युनिट विद्युत्  उत्पादन भएकोमा बिहीवार ९९ लाख ४५ हजार युनिट विद्युत् उत्पादन भएको छ । 
हिउँदमा नदिको बहाबमा आधारित आयोजनाको पनि प्रतियुनिट ८ रुपैयाँ ४० पैसाका दरले विद्युत् खरीद सम्झौता(पीपीए) भएकाले निजी क्षेत्रका आयोजनाले मात्रै ४५ लाख रुपैयाँभन्दा बढी बेमौसमी आम्दानी गरेका छन् । प्राधिकरणको बढेको उत्पादनले उसलाई भारतबाट थप विद्युत्  किन्नु नपरेकाले उसले पनि ७ लाख रुपैयाँभन्दा बढी पैसा विद्युत् खरीदमा बचाएको छ ।
सहायक कम्पनीहरुका आयोजनाहरु भने अर्धजलाशययुक्त आयोजना भएकाले पानीलाई स्टोरेज गरिएको थियो। खेर जाने पानी प्रयोग गरेर सहायक कम्पनीबाट पनि १ लाख ४ हजार युनिट विद्युत् बढी उत्पादन गरिएको छ ।
 
आन्तरिक उत्पादन वृद्धि भएको र वितरण प्रणालीमा समस्या आउँदा मागसमेत घटेका कारण भारतबाटको आयात भने करिब २८ लाख युनिटले घटेको छ । मंगलवार ७१ लाख ९ हजार युनिट विद्युत् भारतबाट आयात गरिएकोमा बिहीवार ४३ लाख १५ हजार युनिट मात्रै आयात भएको छ । 
आर्थिक अभियान

प्रतिक्रिया

सम्बन्धित समाचार

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 4 hours ago

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका का 4 hours ago