भर्खरै

महशुल नतिर्ने १२ सय ५० जना ग्राहकको विद्युत् काटियो

  • प्रकाशित मिति : शुक्र, पौष २३, २०७८
  • -
title
मंगलबारे, पुस । नेपाल विद्युत् प्राधिकरण इलामले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने एक हजार २५० ग्राहकको विद्युत् लाइन काटेको छ । गत साउनदेखि हालसम्म दुई महिनादेखि महसुल नतिर्ने ग्राहकको लाइन काटिएको हो ।
 
बत्ती बालेर ६० दिनसम्म पैसा नतिर्ने ग्राहकको विद्युत् काटिएको प्राधिकरण इलाम शाखाका प्रमुख देवराज पौडेलले जानकारी दिए । उनका अनुसार विद्युत् काटिए पनि करिब ९० प्रतिशत ग्राहकले पुनः महसुल तिरेपछि विद्युत् जडान गरिएको छ । करिब १० प्रतिशत ग्राहकले अझै महसुल नतिरेकाले विद्युत् जडान गरिएको छैन ।
 
यस्तै इलाम नगरपालिकाले पनि महसुल नतिरेकाले  इलाम सदरमुकाममा निर्माण गरिएको व्यापारिक भवन (सिटी मार्ट)को  लाइन बिहीबारदेखि काटिएको छ । सिटीमार्टको रु एक लाख ७२ हजार महसुल नगरपालिकाले तिरेको छैन । साठी दिनभित्र महसुल नतिरे लाइन काट्नुपर्ने प्रावधान भएअनुसार नै बत्ती काटिएको प्रमुख पौडेलले बताए । उक्त नगरपालिकाले चार महिनाको महसुल बुझाउन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago