भर्खरै

मोरङ्ग इलेक्ट्रिक संघको पारिवारिक वनभोज कार्यक्रम सकियो

  • प्रकाशित मिति : सोम, पौष २६, २०७८
  • - विद्युत संसार संवाददाता
title

मोरङ्ग, पुस । मोरङ्ग इलेक्ट्रिक संघ विराटनगरको पारिवारिक वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
 
संघको आयोजनामा यहि पुस २४ गते शनिवार विराटनगर १९ स्थित ऋषिमोहन रिसोर्टमा कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको हो ।
 
कार्यक्रममा सदस्यहरुले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू गरेर आनन्द उठाएका  पिकनिक कार्यक्रमका संयोजक, संघका कोषाध्यक्ष ज्ञानराज निरौलाले जानकारी दिए । 
 
 
कार्यक्रमको अवसर पारेर संघको तर्फबाट पहिलो पटक विभिन्न दाताहरुको सहयोगमा चिठ्ठा मार्फत तीन जना सदस्य र चार जना सदस्य प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुलाई नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमको रकम हस्तान्तरण गर्ने कार्य समेत भएको निरौलाले बताए । उक्त स्वस्थ बीमा कार्यक्रमको सहजीकरण संघका प्रथम उपाध्यक्ष राजेश अग्रवालले गरेका थिए ।
 
यस्तै कार्यक्रमको अवसर पारेर एक मुटु रोगीलाई उपचारको लागि संघ तथा संघका अन्य सदस्यहरु बाट उठाइएर रकम समेत हस्तान्तरण गरिएको प्रथम उपाध्यक्ष अग्रवालले जानकारी दिए । संघले व्यावसायिक हितका लागि मात्र नभई सामाजिक कार्यहरुमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । 

प्रतिक्रिया