भर्खरै

रुपन्देही विद्युतीय व्यवसायी संघको अध्यक्षमा पोख्रेल सर्वसम्मत निर्वाचित

  • प्रकाशित मिति : सोम, पौष २६, २०७८
  • - विद्युत संसार संवाददाता
title
बुटवल, पुस । रुपन्देही विद्युतीय व्यवसायी संघको अध्यक्षमा लोकनाथ पोख्रेल सर्वसम्मत निर्वाचित भएका छन् ।   
 
गत शनिबार बुटवलको महाराजा रिसोर्टमा नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष श्री सुदर्शन प्रसाद पौड्यालको प्रमुख आतिथ्यमा सम्पन्न संघको दशौं वार्षिक साधारण सभा एवं छैठौं अधिवेशनले अध्यक्ष पदमा पोख्रेल निर्वाचित भएका हुन् ।  
 
कार्यक्रममा महासंघका अध्यक्ष अध्यक्ष सुदर्शन प्रसाद पौड्यालले महासंघले गुणस्तरहिन सामग्रीको बजार विस्थापन गराउनको निम्ति ठूलो भुमिका खेल्दै आइरहेको बताउँदै यसप्रति सबै व्यवसायीहरुले सहयोग गर्न आग्रह गरेका थिए । गुणस्तरहिन सामग्रीको प्रयोगमा न्युनिकरण गर्न नसके विद्युतीय दुर्घटना बढ्दै जाने र ठूलो धनजनको क्षति समेत व्यहोर्न बाध्य हुनुपर्ने भन्दै व्यवसायीले गुणस्तरीय सामग्री प्रति बेलैमा सचेत र जानकार भई व्यवसायी–व्यवसायी बीच आफै भित्रको द्धन्द्ध र प्रतिस्पर्धाको पनि अन्त्य गर्नुपर्ने पौड्यालको भनाई छ । 
 
                                                                                                                                             
 
यस्तै संघका अध्यक्ष हरिहर ज्ञवालीका अनुसार कार्यक्रममा तिलोत्तमा नगरपालिका ०७ भलबारीमा निर्माणाधिन संस्थाको भवन र क्रियापुत्री भवनका लागि संस्थाका पूर्व अध्यक्ष सन्दिप कसौधनले करिब रु.५ लाख लगायत संघका सदस्य तथा विभिन्न संघ संस्थाहरुबाट १० लाख रकम सहयोग संकलन गरिएको बताए । 
 
अध्यक्षमा लोकनाथ पोख्रल, वरिष्ठ उपाध्यक्षमा शान्ताराज खराल, प्रथम उपाध्यक्ष केशव कुमार सिंह, द्धितिय उपाध्यक्षमा चन्द्रकान्त भण्डारी, महासचिव पदमा सूर्य कँुवर, कोषाध्यक्षमा विष्णु भण्डारी, सचिवमा हरिलाल भण्डारी, सह–कोषाध्यक्षमा मधुसुदन श्रेष्ठ निर्वाचित भएका छन् । 
 
 
यस्तै सदस्यहरुमा रामबहादुर थापा, बसन्तदेव पौडेल, पारिश्वर श्रेष्ठ, टिकाराम गौतम, रमा थापा क्षेत्री, अनिल सुजन कुँवर र उपेन्द्र अधिकारी निर्वाचित भएका छन् भने लेखा समिति संयोजक जनेश पन्थी र अनुगमन समिति संयोजकमा भिमलाल अधिकारी निर्वाचित भएका छन् । 
संघले स्थापनाको सुरुवाती समयदेखि नै बुटवल भित्र रहेका विद्युतीय व्यवसायीहरुको हकहितका लागि काम गदै विद्युतीय व्यवसायीहरुलाई परेको समस्या, व्यवसायीहरुको आवश्यकता, माग लगायतका कार्यहरु गर्दै आइरहेको छ ।
 
संघले व्यावसायिक हितका लागि मात्र नभई सामाजिक कार्यहरुमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यस संघमा हालसम्म ३ सय ६८ जना भन्दा बढी विद्युतीय व्यवसायीहरु आवद्ध रहेका छन् । कार्यक्रममा करिव ३ सय जना भन्दा बढीको उपस्थिति थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago