भर्खरै

आज ३० अंक बढीले घट्यो शेयर बजार

  • प्रकाशित मिति : बुध, पौष २८, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौ, पुस । केही दिनदेखि लगातार रुपमा बढ्दै गएको शेयर बजार आज भने ओरालो लागेको छ ।
आज कारोबार सुरु भएपछि केही समय बढेपनि बजार बन्द हुने समयसम्ममा शेयर बजार ३० दशमलव ५१ अङ्कले घटेर दुई हजार आठ सय तीन दशमलव ६३ विन्दुमा झरेको छ । 
 
ब्रोकरहरुका अनुसार, खास सुचना, तथ्य र घटनाक्रमले भन्दा पनि निरन्तर बढेका कारण आज शेयर बजारमा करेक्सन आएको जनाएको छ । 
व्यापार, उत्पादन र लगानीबाहेक अरू सबै समूहको शेयर मूल्य घटेको छ । निर्जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै दुई सय ६६ अङ्कले घटेको छ । त्यस्तै जीवन बीमाको शेयर एक सय ९, विकास बैंकको शेयर एक सय २२, होटल तथा पर्यटनको शेयर ७८ र अन्य समूहको शेयर ७६ अङ्कले घटेको छ । 
 
तर शेयर बजार नेप्से घटेपनि कारोबार रकम भने उकालो लाग्दै गइरहेको छ । आज दुई सय २९ वटा कम्पनीको एक करोड ६१ लाख कित्ता शेयर आठ अर्ब तीन करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको २८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको देखिन्छ । 
 
घटेको बजारमा पनि कर्पोरेट डेभलपमेन्ट बैंक, निफ्रा, नारायणी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै गुमाउनेमा हिमालयन उर्जा, युनियन हाइड्रो, जोशी हाइड्रोका शेयरधनी रहेका छन् । हिमालय ऊर्जा विकास कम्पनीको शेयर सबैभन्दा धेरै ६ दशमलव २१ प्रतिशतले घटेको छ । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago