भर्खरै

भेरीगंगा नगरपालिकाको २ वडामा पहिलोपटक बिजुली

  • प्रकाशित मिति : सोम, माघ ३, २०७८
  • - विद्युत संसार संवाददाता
title
सुर्खेत, माघ । सुर्खेतको भेरीगंगा नगरपालिका–६ र ७ मा पहिलो पटक विद्युत सेवा पुगेको  छ ।
 
भेरीगंगा नगरपालिका–६ र ७ का लेखझिङ्नी, ठूलाखाली, कैनपानी, सामाखोरीया, सिर्जनाटोलका घरहरूमा सामुदायिक विद्युतीकरण विभाग र भेरीगंगा नगरपालिकाको संयुक्त लगानीमा राष्ट्रिय प्रसारण लाइनमार्फत् विद्युत पुगेको हो ।
 
उक्त वडामा पुस २२ गतेदेखि राष्ट्रिय प्रसारण लाइन पुगेको छ । हाल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय प्रसारण लाइन पुग्नुअघि नै भेरीगंगामा सुचारु भएको भए पनि नजिकका गाउँहरूमा विद्युत सेवा पुगेको थिएन । पछिल्लो समय संघीय संरचना अनुसारको अधिकार र केन्द्र सरकारको सहयोगमा विकट गाउँहरूमा पनि विद्युतीकरण गर्न सकिएको भेरीगंगा नगरपालिकाका उपमेयर रेणु ढकालले बताइन् । उनले गाउँमा विद्युत सेवा पुगेपछि खुसी व्यक्त गर्दै अब कुटानी पिसानीका लागि निकै नै सहज हुने उनको भनाई छ । यस भन्दा पहिले ‘कुट्न–पिस्न निकै समस्या हुन्थ्यो, तर अब त्यो समस्याबाट मुक्त हुनेभएको छ, ‘सडक पनि ग्राभेल भइसकेको छ, स्थानीयहरुले भने यो हाम्रो लागि निक महत्वपूर्ण सेवा सुचारू भएकोमा खुसी व्यक्त गरे । 
 
स्थानीय र नगरपालिकाको पहलमा गाउँमा पुगेको विद्युतलाई नियमितता दिन र दीगोपना कायम गर्न स्थानीयले भूमिका खेल्ने उपमेयर ढकालले बताए ।
हाम्रो घरभन्दा तलका गाउँमा बिजुली बलेको देख्दा हामी पनि कहिले यसरी बाल्न पाउँला भनेर सोच्थ्यौं, अब हाम्रो सपना साकार भएको स्थानीयहरुले बताएका छन् । नगरपालिकाका उपमेयर ढकालका अनुसार विद्युतको सेवा नपुगेका नगरभित्रका १, २, ३ ५ र ७ का बस्तीहरूमा सामुदायिक विद्युतीकरण विभागसँग समन्वय गरी विद्युत सेवा पु¥याउने काम भइरहेको छ । हालसम्म अधिकांशमा विद्युत सेवा पुगिसकेको र बाँकी रहेको ठाउँमा पनि आधारभूत संरचनाहरू बनिसकेकोले यो वर्षभित्रै सेवा पुग्ने उनको दावी छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago