संघको साधारण सभा अनिश्चितकालका लागि स्थगित

  • प्रकाशित मिति : बुध, माघ ५, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौ माघ । काठमाडौं विद्युतीय व्यवसायी संघको बाह्रौँ वार्षिक साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ ।
 
देशमा कोरोना सक्रमण बढेकोे कारण देखाउदै संघले हिजो मंगलवार एक सूचना जारी गर्दै साधारण सभा स्थगित गरेको हो ।
 
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट उत्पन्न जटिल परिस्थिति पश्चात जिल्ला प्रशासन कार्यलय काठमाडौबाट सूचना जारी गर्दै २५ जना भन्दा बढी मानिस भेला हुन रोक लगायसँगै आउदो माघ १५ गते शनिवार हुने भनिएको संघको बाह्रौ वार्षिक साधारण सभा अर्को सुचना प्रकाशित नभए सम्मका लागि स्थगित भएको संघले जारी गरेको सूचना पत्रमा उल्लेख छ ।
 
पत्रमा भनिएको छ ‘संघको बाह्रौ वार्षिक साधारण सभा सम्बन्धि नयाँ मिति सहितको विस्तृत कार्यक्रम एवं सूचना संघको विधान अनुसार सदस्यहरुलाई पछि पठाइने छ ।’
 

प्रतिक्रिया