लकडाउनको विकल्प ?

  • प्रकाशित मिति : बुध, माघ ५, २०७८
  • - विद्युत संसार संवाददाता
title

पछिल्लो केही दिनमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको संख्या उकालो लागेपछि सरकारले कोरोना भाइरस संक्रमणको दर उच्च भएमा फेरी लकडाउन गर्ने संकेत गरेको छ । कोरोना संक्रमण बढ्दो गतिमा रहे पनि, अर्थतन्त्र जीवित पार्न कै निमित्त लकडाउनलाई नयाँ स्वरूप दिएर परिमार्जन गरिएको हो ।
लकडाउन समस्याको समाधान नभएर, एउटा महँगो माध्यम, जसले संक्रमणलाई अलि पछाडि धकेल्ने माध्यम मात्र भनेर पुष्टि अघिल्ला लकडाउनले गरेको छ जसले जनतालाई निकै सास्ती समेत दियो । 
 
अनावश्यक भिडभाड गरेको, मास्कको उचित प्रयोग नगरेको, दुरी कायम नगरेको, जुलुस सभा सम्मलेन, ¥याली सामुहिक भेटघाट लगायतका कार्य गरेको तथा स्वास्थ्य मापदण्ड नअपनाएकोले संक्रमण बढ्दै गएको सरकारले बताउँदै आएको छ । स्वास्थ्य मन्त्रालयले संक्रमण दर बढ्न नदिनको लागि यी जुलुस सभा सम्मलेन, ¥याली सामुहिक भेटघाट लगायतका भिडभाड हुने कार्य नगर्न, जनस्वास्थ्य मापदण्ड अपनाउन  र सावधानी अपनाउन आग्रह समेत गर्दै आएको छ । कोरोना भाइरस न्यूनिकरणकै निम्ति सरकारले विद्यालय, रात्रीकालीन व्यवसायहरु बन्द गर्दै २५ जना भन्दा धेरै भेला हुन प्रतिबन्ध लगाएको छ । तर बजार हेर्दा सरकारको अपेक्षा अनुसार भिडभाड र जमघट घटेको महसुस हँुदैन । यसले भेलीको दिनमा ठूलो जोखिम ल्याउने देखिन्छ ।
 
लकडाउन नै समस्याको समाधान होईन भन्ने बुझेको सरकारले सर्वसाधारणहरु माझ ल्याएका सामान्य स्वस्थ्य नियमहरु अपनाएमा र समयमा नै खोप लगाएमा भोलीको दिनमा लकडाउनको सामना गर्नुपर्दैन थियो । यस्ता कुरा आम जनमानसले बुझ्नु आवश्यक छ । संक्रमण कम गराउनका निम्ति नेपाल सरकारले समयमै लकडाउन नगरेको पनि होइन, यद्यपि कोरोना संक्रमणलाई सरकारको एकल प्रयासबाट सम्भव नहुने कुरा स्पष्ट छ र यो कतै भएको पनि छैन । कोरोना नियन्त्रणका निमित्त सरकार र जनता दुवैको सहकार्य महत्वपूर्ण रहन्छ ।यसमा एकल पक्षले जित्न सम्भव कतै देखिँदैन । कोरोना नियन्त्रणका निमित्त अब लकडाउन बाहेकको विकल्प तर्फ केन्द्रीकृत हुन आवश्यक छ । 
 
सामाजिक दूरी, मास्क र स्यानिटाइजर भनाइमा मात्र सीमित हुँदै गएको देखिन्छ । एउटा महत्वपूर्ण पाटो के हो भने लकडाउन भन्दा प्रभावकारी जनचेतना नै हो । जनचेतना उच्च भएको खण्डमा लकडाउन पूर्ण खोल्दा पनि संक्रमण यो गतिमा बढ्दैन । सरकारले गर्न सक्ने भनेको निषेधाज्ञा, लकडाउन अनि त्यस्तै परेमा कफ्र्यु मात्र हो । तर जति नै कडा रूपमा प्रस्तुत भए तापनि यदि जनता सचेत छैनन् भने संक्रमण रोकथाम सम्भव छैन । 
 
देशमा डिजिटल युगको सुरुवात पनि गर्नु आवश्यक छ । विद्युत् महसुल बुझाउन रकम बोकेर लाइन लाग्नुपर्छ । शेयरमा आवेदन हाल्न बैंक अगाडि देखिने भिड हाल जसरी अन्त्य भएको छ त्यसरी अन्य क्षेत्रमा पनि डिजिटल युगको सुरुवात गर्नु आवश्यक छ । डिजिटल प्रणाली लागू गरेपश्चात् त्यसबारे चेतना र बानी बसाल्न आवश्यक छ, अनि बल्ल कार्यालयमा हुने धेरै भीड न्यूिनकरण हुन्थ्यो । जसको परिणाम स्वरुप आम जनताको जीवजस्तरमा परिवर्तन सँगै राज्यको अर्थतन्त्रमा समेत टेवा पुग्ने थियो । यस कारण अब कोरोना संक्रमणको रोकथामका निमित्त लकडाउनको विकल्पतर्फ वैचारिक बहस आवश्यक छ ।

प्रतिक्रिया