भर्खरै

प्रतिलिटर ३/३ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • प्रकाशित मिति : बिही, माघ ६, २०७८
  • - विद्युत संसार साप्ताहिक
title
काठमाडौं, माघ । तेल किन्न ऋण लिनुपर्ने  अवस्थामा पुगेको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 
पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोरेको निगमले इन्डियन आयल कर्पोरेशन (आइओस)लाई इन्धन खरिदवापतको रकम अपुग भएपछि निगमले प्रतिलिटर ३÷३ रुपैंया डिजेल, पेट्रोल, मट्टितेलको मूल्यवृद्धि गरेको हो ।
 
निगमले बुधबारराति १२ बजेदेखि लागू हुनेगरी डिजले, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिर रु पाँच तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको हो ।
 
मूल्यवृद्धि भएसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२, पेट्रोलको मूल्य १३९, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर रु १०६ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर ९९५ अमेरिकी डलर पुगेको छ । एलपी ग्यासमा अत्यधिक घाटा भए पनि ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
 
पेट्रोलियमको मूल्य बढे पनि अझै निगमलाई १५ दिनमा रु एक अर्ब ८८ करोड घाटा हुने प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निमलाई अझै पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७२ पैसा, डिजेलमा छ रुपैयाँ ३३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा छ । निगमलाई हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर नौ रुपैयाँ ६३ पैसा, अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर २९ रुपैयाँ तीन पैसा र मट्टितेलमा प्रतिलिटर २२ रुपैयाँ ६४ पैसा नाफा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago